add

भारतले फाइनलमा अष्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य






ActPro Nepal

|

३ मंसिर, २०८०

|
200

काठमाडौं । विश्वकप क्रिकेटको फाइनलमा भारतले अस्ट्रेलियालाई जितका लागि २४१ रनको चुनौती दिएको छ ।

कसिलो बलिङ गरेको अस्ट्रेलियासामु निरिह बनेका भारतीय ६ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । जारी विश्वकपमा भारतका कुनै पनि ब्याट्सम्यानले शतक नहानेको यो पहिलो खेल बन्यो ।

भारतका केएल राहुलले १ सय ७ बलमा एक चौका हान्दै ६६ रन बनाउँदा कीर्तिमानी ब्याट्सम्यान विराट कोहली ५४ रनमा आउट भए । ६३ बल खेलेका विराटले चार चौका प्रहार गरे । कप्तान रोहित शर्मा ३१ बलमा तीन छक्का र चार चौकासहित ४७ रनमा आउट भए ।

शुभमन गिल ७ बल खेल्दै चार रन बनाएर पभेलियन फर्किए । सूर्यकुमार यादव २८ बल खेल्दा एक चौकासहित १८ रनमा आउट भए । श्रेयस अय्यर तीन बलमा ४ रन बनाएर आउट हुँदा रविन्द्र जडेजाले २२ बल खेल्दै ९ रन बनाए ।

मोहम्मद सामी १० बल खेल्दै ६ रनमा आउट हुँदा तीन बल खेलेका जसप्रित ब्रुमराह १ रनमा पभेलियन फर्के । कुलदीप यादव १० रनमा आउट हुँदा मोहम्मद सिराज ९ रनमा नटआउट रहे ।

अस्ट्रेलियाका मिचेल स्टाकले ३ विकेट लिदा जोस हेजेलउड र प्याट कमिन्सले २-२ विकेट लिए । ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान १–१ विकेट लिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.