add

४० करोड मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक






ActPro Nepal

|

३ मंसिर, २०८०

|
300

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० रुपैयाँ रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको जानकारी दिएको हो ।

केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्त संस्थामा उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको हो । सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ३२ करोड , ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६ करोड र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड रुपैयाँ मुद्दतीमा राख्न लागेको हो ।

राष्ट्र बैंकले १ वर्ष अवधि अर्थात् १० मंसिर २०८० देखि १० मंसिर २०८१ सम्मका लागि उक्त रकम मुद्दतीमा राख्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी मंसिर ५ गतेसम्म आवेदन बुझाउन सक्नेछन् ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष अनुपात कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्नेछ । कर्जा, निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेर शर्त पूरा गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.