add

पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी इन्डोनेसिया पुगे : राष्ट्रसङ्घ






ActPro Nepal

|

३ मंसिर, २०८०

|
223

काठमाडौं । पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थीले भरिएको तीन वटा डुङ्गा आइतबार इन्डोनेसियाको सबैभन्दा पश्चिम प्रान्तमा आइपुगेको संयुक्त राष्ट्रसङ्घीय एजेन्सी युएनएचसिआरले बताएको छ।

सन् २०१७ मा म्यान्माद्वारा अल्पसङ्ख्यक रोहिङ्ग्या समूहमाथि सैन्य कारबाही सुरु गरेपछिको यो सबैभन्दा ठूलो आगमनमध्येको एक हो।

अधिकांश मुस्लिम रोहिङ्ग्याले म्यान्मामा व्यापक उत्पीडनको सामना गर्नुपरेको छ र उनीहरू प्रत्येक वर्ष आफ्नो ज्यानलाई जोखिममा राखेर प्राय कमजोर डुङ्गामा मलेसिया वा इन्डोनेसियासम्म पुग्ने प्रयासमा लामो र महङ्गो समुद्री यात्रा गर्छन्।

राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी संरक्षण सहयोगी फैसल रहमानले एउटा डुङ्गा आचे प्रान्तको बिरेयुन जिल्लामा दुई सय ५६ रोहिङ्ग्या लिएर आइपुगेको र अर्को कम्तीमा दुई सय ३९ बोकेर आचेको पिडी क्षेत्रमा आइपुगेको थियो।

त्यस्तै ३६ जना बोकेको अर्को सानो डुङ्गा पूर्वी आचेमा आइपुगेको थियो।

“उनीहरूलाई धेरै स्थानमा पाइएको छ”, उनले भने। बिरेयुन डुङ्गामा सवार दुई सय ५६ मध्ये एक सय १० महिला र ६० जना बालबालिका रहेको उनले बताए। रहमानका अनुसार त्यो त्यही डुङ्गा थियो जसलाई स्थानीय बासिन्दाहरूले समुद्रमा धकेलेका थिए। त्यसपछि उक्त डुङ्गा कयौँ दिनसम्म समुद्री तटमा अलपत्र परेको थियो।

स्थानीय अधिकारीहरूका अनुसार पछिल्लो आगमनसँगै यो एउटै सातामा आठ सयभन्दा बढी शरणार्थी आचे प्रान्तमा आइसकेका छन्। मङ्गलबार एक सय ९६ र बुधबार एक सय ४७ शरणार्थी आएका थिए।

युएनएचसिआरका अनुसार दुई हजारभन्दा धेरै रोहिङ्ग्याले सन् २०२२ मा दक्षिणपूर्वी एसियाली मुलुकहरूको जोखिमपूर्ण यात्राको प्रयास गरेका छन्। गत वर्ष खतरनाक समुद्र पार गर्ने प्रयासमा करिब दुई सय रोहिङ्ग्या मारिएको वा हराएको युएनएचसिआरले बताएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.