add

हिमालयन लाइफ इन्स्योरेन्सकाे नाफा २४ करोड १३ लाख, प्रतिसेयर आम्दानी कति ?






ActPro Nepal

|

१ मंसिर, २०८०

|
122

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार साे अवधिमा कम्पनीले २४ करोड १३ लाख नाफा आर्जन गरेको छ । उक्त नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३५.३८ प्रतिशतले बढी हो । गत आवको साेही अवधिसम्ममा कम्पनीले १७ करोड ८३ लाख नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कम्पनीको कुल आम्दानी १२.८१ प्रतिशतले बढेर ५ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।कम्पनीले गत आर्थिक वर्षमा कुल ५ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको थियो ।  पुगेको छ। चुक्तापूँजी ८ अर्ब २ करोड रुपैयाँ रहेकाे कम्पनीकाे रिटेन्ड अर्निङमा १ अर्ब १५ करोड रुपैयाँ रहेकाे छ ।

याे अवधिमा कम्पनीकाे नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । याे अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२.०४ रुपैयाँ छ । भने कम्पनीको मूल्य आम्दानी अनुपात ३२.३० गुणा र प्रतिसेयर नेटवर्थ १२१.६२ रुपैयाँ रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.