काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत लघुवित्तहरुमध्ये बिहीवारसम्म ६ वटा लघुवित्तले लाभांश घोषणा गरेका छन्।
लघुवित्तले आर्थिक वर्ष २०&(/*) को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई बोनस सेयर तथा लाभांश दिने घोषणा गरेका हुन् ।
आम लगानीकर्ताले लघुवित्तको लाभांशलाई निकै चासोको रुपमा हेर्न गर्दछन् । अब नेप्सेमा सूचीकृत थप ४९ कम्पनीहरुले लाभांश घोषणा गर्ने बाँकी रहेको छ ।
लाभांश घोषणा गर्नेमा आरएसडिसी लघुवित्तले हाल कायम चुक्ता पूँजीको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०. ४५२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले बुक क्लोजको मिति समेत तय गरी सकेको छ । जसका लागि कम्पनीले मसिर ७ गते बुक क्लोज गर्ने भएको हुँदा मंसिर ६ गतेसम्म कायम सेयरधनीहरुले लाभांश पाउनेछन् । कम्पनीले लाभांश प्रस्ताव पारितका लागि मंसिर १५ गते बुटवलमा बस्ने गरी १०औं वार्षिक साधारण सभा आव्हान गरेको छ ।
यसैगरी,युनिक लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको ।
यसैगरी,स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई १२.३५९९ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करका लागि ०.६५०५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
यसैगरी,एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने भएको छ ।
यसैगरी,धौलागिरी लघुवित्त वित्तीय संस्थाले हाल कायम रहेको चुक्ता पुँजीको १४.२५प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यसैगरी,सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.६८४२ प्रतिशत नगद लाभांश गरी कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
अब प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले प्राप्त गर्ने छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।