add

सानिमा बैंकको दराजसँग सहकार्य






ActPro Nepal

|

२४ कार्तिक, २०८०

|
115

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘११:११’  योजनामा विशेष छुट दिने सहकार्य भएको छ।

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त हुने बैंकले जनाएको छ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५५ वा अधिकतम् रु २,०००  सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०५ वा अधिकतम् २,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ। छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ। यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दीसुविधा पनि प्राप्त गर्न सकिने बताइएको छ।

यो योजना २०८० कात्तिक २५ देखि २०८० मंसिर ६ गतेसम्म १२ दिनका लागि लागू हुनेछ बैंकले जनाएको छ। सानिमा बैंकले देशभर १३२ वटा कार्यालय तथा १२३ वटा एटिएमबाट सेवा दिइरहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.