add

युनिलिभर नेपालको मुनाफामा उछाल, प्रतिसेयर आम्दानी २२२२ रुपैयाँ






ActPro Nepal

|

२४ कार्तिक, २०८०

|
222

काठमाडौं । उत्पादनमूलक कम्पनी युनिलिभर नेपालले खुद नाफामा उछाल आएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद नाफा ६२.२१ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्म कम्पनीले ५५ करोड २५ रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा झन्डै २१ करोड रुपैयाँ बढी हो । गत वर्ष पुससम्म कम्पनीले ३४ करोड ६ लाख लाख रुपैयाँ नाफा कमाएको थियो ।

उत्पादन बिक्री आम्दानी बढ्दा र खर्च घट्दा कम्पनीको खुद नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३.७५ प्रतिशतले बढेर २ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले २ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको थियो।

यस अवधिमा कम्पनीले खर्च १९ करोडले घटाउन सफल भएको छ । गत वर्ष पहिलो त्रैमासमा १ अर्ब ८६ करोड रुपैयाँ रहेको कम्पनीको खर्च यस वर्ष घटेर १ अर्ब ६७ करोड रुपैयाँमा झारेको छ ।

हाल ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ४ अर्ब ८२ करोड रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १७२४ रुपैयाँबाट बढेर वार्षिक २२२२ रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ४ हजार ३७७ रुपैयाँबाट बढेर ५ हजार ३३७ रुपैयाँ पुगेको छ ।

युनिलिभर नेपाली सेयर बजारको सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी हो । कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३७ हजार ९४४ रुपैयाँ रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.