add

समयमै वित्तीय विवरण पेश नगर्ने ८९ कम्पनीलाई कारबाही, १ लाखसम्म जरिवाना






ActPro Nepal

|

२३ कार्तिक, २०८०

|
287

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकैपटक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ८९ कम्पनीलाई कारबाही गरेको छ ।

बोर्ड संचालक समितिको सोमबार बसेको बैठकले तोकिएकै समयमा वित्तीय विवरण नबुझाउने ८९ कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको हो । साथै, बोर्डले ती कम्पनीहरूलाई स्पष्टीकरण समेत सोधेको छ ।

संगठित संस्थाहरुले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लेखित विवरणहरु त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र बोर्डमा पेश गर्नु पर्ने हुन्छ । साथै त्यस्तो विवरण राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ ।

कम्पनीले यसअघि नै समयमा वित्तीय रिपोर्ट पेश गर्ने निर्देशन दिएपछि हालसम्म पेश नगरेका कम्पनीलाई पहिलो चरणमा स्पष्टीकरण माग गरेको बोर्ड एक अधिकारीले बताए । उनले भने, ‘यसअघि नै समयमा वित्तीय विवरण पेश गर्ने निर्देशन दिएका थियौ । तर अझै ८९ कम्पनीले पेश नगरेको देखियो । के कति कारणले पेश नगरेको भनि स्पष्टीकरण माग गरेको हो । चित्त बुझ्ने जवाफ नआए कारबाही प्रक्रिया अगाडि बढाउछौं ।’

समय मै रिपोर्ट पेश नगर्ने कम्पनीलाई ५० हजारदेखि १ लाखसम्मको कारोबार गर्ने ब्यवस्था रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.