add

महालक्ष्मी विकास बैंकद्वारा भूकम्प पीडितलाई १० लाख सहयोग






ActPro Nepal

|

२२ कार्तिक, २०८०

|
122

काठमाडौँ । महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्प पीडितहरुको सहायताका लागि दश लाखको आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा १० लाख सहयोग रकम प्रदान गरेको हो ।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । महालक्ष्मी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले अर्थ मन्त्री प्रकाश शरण महतलाई उक्त रकम बाराबरको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले भूकम्पका कारण मृत्युवरण गर्ने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.