add

भूकम्प पीडितलाई ज्योति विकास बैंकको ५ लाख सहयोग






ActPro Nepal

|

२२ कार्तिक, २०८०

|
150

काठमाडौं । ज्योति विकास बैंकले जाजरकोट भूकम्पप्रभावितलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले भूकम्पप्रभावितको उद्धार तथा सहयोगार्थ जिल्ला प्रशासन कार्यालय जाजरकोटसँगको समन्वयमा आर्थिक सहयोग गरेको हो ।

बैंकले मंगलबार जाजरकोट जिल्ला प्रशासन कार्यालयको भूकम्पप्रभावित राहत कोषमा ५ लाख सहयोग गरेको छ । सहयोग रकम ज्योति विकास बैंकका जाजरकोट शाखा प्रबन्धक वीरेन्द्रबहादुर ऐडीले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई हस्तान्तरण गरेका छन् ।

ज्योति विकास बैंकले जाजरकोटस्थित शाखामार्फत सरल वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत विभिन्न क्षेत्रमा समन्वय र सहयोग गर्दै आएको छ ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.