add

कुमारी बैंकको ‘तिहार र छठ पर्वमा क्यासब्याक अफर’ योजना






ActPro Nepal

|

२१ कार्तिक, २०८०

|
195

काठमाडौं  । कुमारी बैंक लिमिटेडले नेपालीहरुको चाड तिहार र छठलाई लक्षित गर्दै हर्षोल्लासका साथ आकर्षक ‘क्यासब्याक अफर’ योजना सार्वजनिक गरेको छ ।

नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडले ‘क्यासब्याक अफर’ योजना ल्याई तिहार र छठको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ । यस योजनामा हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंकिङ्ग मार्फत क्यूआर र पहिलो ५० जनालाई कार्डबाट भुक्तानि कारोबार गर्दा बैंकद्वारा २५प्रतिशत अधिकतम ५०१ रुपैया सम्म क्यास ब्याक दिइने छ । क्यास ब्याक रकम पिओएस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरीने कारोबारमा प्रदान गरिनेछ ।

चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी कात्तिक २६ देखि मंसिर ३ गते सम्म लागु हुने जनाएको छ ।

कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम, र ६४ शाखारहित बैंकिङ्ग एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.