काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा गत वर्षको सोही अवधिको तुलनामा १३.८२ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कोषले २३ करोड २७ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । ब्याज आम्दानी र सेवा शुल्कमा वृद्धि भएसँगै नाफा बढेको हो ।
कोषले अघिल्लो वर्ष १० करोड १२ लाख ३० हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो भने चालु वर्षमा १२ करोड ४५ लाख ४० हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्तै अघिल्लो वर्ष २९ करोड ३९ लाख २७ हजार रहेको सेवा तथा कमिसन आम्दानी चालु वर्ष ३२ करोड ९५ लाख १ हजार रुपैयाँ पुगेको छ ।
कोषको जगेडा कोष गत आवको तुलनामा चालू आवमा २३.२२ प्रतिशतले बढेको छ । गत आवमा कोषको जगेडा कोषमा १८ अर्ब ९७ करोड ७५ लाख ९१ हजार रहेकोमा चालू आवमा २३ अर्ब ३८ करोड ४३ लाख ८५ हजार पुगेको छ ।
कोषको संगठित संस्थाको सेयर तथा धितोपत्रमा लगानी बढेर ३० अर्ब ५२ लाख १६ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा धितोपत्रमा २८ अर्ब ७ करोड ६१ लाख ८० हजार रुपैयाँ थियो । असोज मसान्तसम्म कोषको चालु सम्पत्ति २१ अर्ब ४२ करोड ७८ लाख ५२ हजार र बैंक मौज्दात १ अर्ब ५ करोड ५ लाख ४१ हजार रुपैयाँ रहेको छ । कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । कोषले मुद्दति निक्षेपमा १ खर्ब १८ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ लगानी गरेको छ ।
यता, कोषको प्रतिसेयर आम्दानी भने २१ रुपैयाँ ९० पैसाबाट घटेर १९ रुपैयाँ ९४ पैसा कायम भएको छ । यसको नेटवर्थ १८९ रुपैयाँ ०५ पैसाबाट घटेर १५९ रुपैयाँ ७९ पैसा कायम भएको छ । समिक्षा अवधिमा आरओआइ ९.३८ प्रतिशतबाट बढेर ९.४५ प्रतिशत पुगेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।