add

नेपालमा हाइड्रोपावर,पर्यटन र आईटीमा लगानी गर्न अर्थमन्त्री डा महतको आह्वान






ActPro Nepal

|

२० कार्तिक, २०८०

|
365

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले अन्तर्राष्ट्रिय समुदायलाई निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन्।

साेमबार राजधानीमा कन्फिडिरेन्स अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री( क्यासी) काे ३७ औं सम्मेलनमा सम्बाेधन गर्दै महतले अन्तर्राष्ट्रिय समुदायलाई निर्धक्कसँग लगानी गर्न आह्वान गरेका हुन् ।

महतले हाइड्रोपावर, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा अथाह सम्भावना भएकाले लगानी गरे राम्रो प्रतिफल प्राप्त हुने बताए ।

`नविकरणीय उर्जाकाे क्षेत्रमा लगानीकाे ठूलाे सम्भावना छ । हाइड्रोपावरमा निजी क्षेत्रले पनि लगानी गरिरहेकाे छ,´ उनले भने, ` भारतले दशहजार मेगावाट विद्युत खरिद गर्ने सम्झौता गरेकाे छ । बंगलादेश पनि विद्युत खरिद गर्ने तयारीमा छ । इनर्जीकाे ठूलाे माग रहेकाले यसबाट लगानीकर्ताले पनि राम्रो प्रतिफल प्राप्त गर्न सक्छन् । त्यसैले हाइड्रोपावरमा लगानी गर्न आग्रह गर्दछु ।´

भारत लगायत विभिन्न देशबाट नेपालमा हाइड्रोपावरमा लगानी पनि भइरहेकाे उनले बताए ।

पर्यटन क्षेत्रमा पनि त्यति नै सम्भावना रहेकाे उनले बताए । `अर्को महत्त्वपूर्ण लगानीकाे क्षेत्र भनेकाे पर्यटन हाे । यसले नेपालकाे अर्थतन्त्रलाई नै ट्रान्सर्फम गर्नसक्छ,` उनले भने, ` सानाे भूगाेलमा पनि विभिन्न भाैगाेलिक विविधता र अनगिन्ती पर्यटकीय ठाउँहरू रहेका छन् ।

त्यसैले यस्ता विभिन्न क्षेत्रमा लगानी गर्न आवश्यक छ ।´

सूचना प्रविधिमा लगानी गरेर सीमा रहित विजनेश गर्न सकिने भएकाले निजी क्षेत्रले त्यहाँ पनि लगानी गर्न आवश्यक रहेकाे उनले बताए ।

`सूचना तथा प्रविधि क्षेत्र पनि लगानीका लागि महत्त्वपूर्ण छ । सफ्टवेयर निर्यातबाट ठूलाे प्रतिफल हासिल गर्न सकिन्छ , त्यसकै सहजताका लागि सरकारले बजेट मार्फत करमा सहुलियत व्यवस्था समेत गरेकाे छ,´ उनले भने ।

याे सम्मेलनले भविष्यमा बिजनेशकाे रणनीति, दिगाे लगानी र कन्फिडेन्स बढाउन भूमिका खेल्ने उनकाे भनाइ छ । नेपाल उद्याेग वाणिज्य महासंघ र एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री कन्फेडेरेसनकाे आयाेजनामा सुरू भएकाे सम्मेलन दुई दिन चल्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.