काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिकमा आन्तरिक स्रोतबाट लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
नगरपालिकाले चालु आवको तीन महिनामा एक करोड ५४ लाख ६० हजार ५२९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जुन, गत वर्षको सोही अवधिको तुलनामा भने ३८.९३ प्रतिशतले वृद्धि हो । गत वर्षको पहिलो त्रैमासमा नगरपालिकाले एक करोड ११ लाख २८ हजार ६२८ राजश्व सङ्कलन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा ४३ लाख ३१ हजार ९०१ रुपैयाँ राजश्व वृद्धि भएको विदुर नगरपालिका नगर उपप्रमुख प्रभा बोगटीले जानकारी दिईन् ।
यस नगरपालिकाले सबैभन्दा धेरै एकीकृत सम्पत्ति शिर्षकबाट राजस्व सङ्कलन गरेको छ । सो शीर्षकबाट रु १४ लाख २७ हजार ८९० रुपैयाँ सङ्कलन भएको हो ।
त्यस्तै अन्य भूमिकरमा १४ लाख २१ हजार ५१४ रुपैयाँ र व्यवसाय दर्ता करमा ६ लाख ७४ हजार २२० रुपैयाँ सङ्कलन गरेको नगर उपप्रमुख प्रभा बोगटीले जानकारी दिईन् ।
यसैगरी विज्ञापन करमा ३२ हजार १००, दस्तुर तथा सेवा शुल्कमा चार लाख २० हजार २२०, निकासी करमा एक हजार, वहाल करमा २१ लाख ४५ हजार ७२१, पञ्जीकरण दर्तामा दुई लाख २२ हजार ८००, नक्सा पास दस्तुरमा १५ लाख ३६ हजार ४७८, नाता प्रमाणितमा एक लाख ४६ हजार ५००, सिफारिस दस्तुरमा १९ लाख ९८ हजार २९९, शिक्षा क्षेत्र शुल्क तथा दस्तुर तीन हजार ४००, वर्क्यतामा १६ हजार ६०० रुपैयाँ सङ्कलन गरेको छ ।
राजस्व वृद्धिमा वडागततर्फ गत आवभन्दा चालुआवमा सबैभन्दा बढी १३ नम्बर वडाको १०७.९१ प्रतिशत र सबैभन्दा कम ९ नम्बर वडाको ३.०९ प्रतिशत राजस्व वृद्धि भएको देखिएको छ ।
यस्तै चालु आवमा वडा नम्बर ४ ले सबैभन्दा बढी र सबैभन्दा १३ नम्बर वडाले कम राजस्व सङ्कलन गरेको छ । चालुआर्थिक वर्षमा १ नम्बर वडाले ११ लाख नौ हजार २०१ रुपैयाँ, २ नम्बर वडाले १३ लाख ५९ हजार १० रुपैयाँ, ३ नम्बर वडाले छ लाख ७७ हजार १६९ रुपैयाँ, ४ नम्बर वडाले २२ लाख ७० हजार ६६३ रुपैयाँ र ५ नम्बर वडाले १४ लाख ६६ हजार ६३९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
यस्तै, ६ नम्बर वडाले सात लाख ८३ हजार ५६२ रुपैयाँ, ७ नम्बर वडाले चार लाख ९८ हजार ५११, ८ नम्बर वडाले छ लाख ६८ हजार ४९१ रुपैयाँ, ९ नम्बर वडाले १३ लाख तीन हजार ७२० रुपैयाँ, १० नम्बर वडाले चार लाख २९ हजार ६५० रुपैयाँ, ११ नम्बर वडाले तीन लाख ३८ हजार ५६२, १२ नम्बर वडाले दुई लाख ९२ हजार १२० रुपैयाँ र १३ नम्बर वडाले पाँच लाख ५२ हजार ५४८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
विदुर नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएदेखि राजस्व सङ्कलनमा वृद्धि हुँदै गएको थियो । उद्योग, व्यवसायलाई करको दायरामा ल्याएपछि विस्तारै राजस्व सङ्कलनमा पनि वृद्धि भएको नगर उपप्रमुख प्रभा बोगटीले बताइन ।
राजस्व सङ्कलन वृद्धि हुनुमा उद्योगी, व्यवसायी, नगरवासी, राजनीतिक दललगायत सबैको सहयोग रहेको उनको भनाइ छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।