काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, भैरहवालाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ ।
बुटवल,भैरहवा सुनौली सडकखण्डका विभिन्न स्थानहरुमा उक्त बोर्डहरु राखिने जिल्ला ट्राफिक प्रहरी कार्यालय, भैरहवाका प्रहरी निरिक्षक बजिर सिंह विष्टले बताए । बैंकका संचालक भिम प्रसाद तुलाचनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बुटवल क्षेत्रका क्षेत्रिय प्रमुख खिमलाल भुषाल लगायतका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
त्यस्तै गरि बैंकले आफ्ना सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरी कार्यालय, वालिङलाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । स्याङ्गजा जिल्ला, वालिङ क्षेत्रका विभिन्न स्थानहरुमा उक्त बोर्डहरु राखिने बैंकले जनाएको छ । बैंकका पोखरा क्षेत्रका क्षेत्रीय प्रमुख विष्णु प्रसाद गौतमले उक्त बोर्डहरु ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरेका थिए ।
बैंकको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वुटवल हिलपार्क स्थित कामना सेवा पार्कमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । स्वच्छ वातावरण र हरियालीलाई संरक्षण गर्ने उद्धेश्यले निर्माण गरिएको उक्त पार्कलाई कामना सेवा विकास बैंकले संरक्षण र प्रवद्र्धन गर्दै आएको छ । उक्त सरसफाई कार्यक्रममा बुटवल क्षेत्रका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।