add

अर्थतन्त्र सकारात्मक बाटो तिर लम्कि रहेको छ, विदेशी लगानी समेत बृद्धि हुन्छ: महत






ActPro Nepal

|

१९ कार्तिक, २०८०

|
364

काठमाडौँ । अर्थमन्त्री प्रकाशसरण महतले अर्थतन्त्रले सकरात्मक बाटो तर्फ लागेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नफिज)को १५ औं वार्षिकोत्सवमा संवोधन गर्दै अर्थमन्त्री महतले प्राकृतिक प्रकोप लगाएतका समस्या आएपनि संबोधन गर्दै आर्थिक वृद्धि बढाउनु पर्ने बताए।

नेपालको अर्थतन्त्रमा एका एक आएको समस्या नभई वर्षौ देखी समस्या थपिदै जाँदा समस्या भएको बताए। उनले पर्यटक आगामन, रेमिट्यान्स बढेको छ। उनले विगतका दिनमा घरजग्गाको कारोबार एकदमै बढी रहेकोमा घटेको थियो‘घरजग्गामा एकैपटक धेरै लगानी गर्दा अर्थतन्त्रमा समस्या आएको थियो,’ उनले भने,‘लगातार घरजग्गाको मुल्य बढ्ने नहुँदा समस्या भयो। अहिले समाधान भैसकेके छ।’उनले बैंकहरुको व्याजदर घट्दै गएको बताए।

नेपाल बैंक तथा वित्तिय संस्थाका अध्यक्ष रहेको एनएमबी बैंकले केही बढाएपनि अरुको घट्दै गएको बताए। ‘बैंकहरुको ब्याजदर क्रमश घट्दै गएको छ। बढाएको बैंकलाई पनि घटाउन आग्रह गर्छु,’ महतले भने। अर्थतन्त्रका परिसूचक राम्रो हुँदै गएकाले नेपालको अर्थतन्त्रमा आत्मविश्वास आवश्यक भएकाले यसको वातावरण बनाउनु पर्ने बताए। विश्व बैंक र एडिबीको आर्थिक प्रक्षेपणले ४ प्रतिशत बढी आर्थिक वृद्धि हुने देखाएको बताए।

उनले नकरात्मक धारणा राख्नु भन्दा बजार बढाउनेगरी वातावरण बनाउनु पर्छ। ‘अन्तराष्ट्रिय क्षेत्रमा नेपालको विषयमा चासो बढ्दो रहेको छ,’ अर्थमन्त्री महतले भने,‘विश्व बैंक, एडीबी सहित बेलायत लगायतका देशबाट निजी क्षेत्र नेपालप्रति सकारात्मक छन्।’उनले फागुन चैतमा वैदेशिक लगानी ल्याउनकोलागि लगानी सम्मेलन गर्ने बताए। निजी क्षेत्र, गैरआवासीय नेपालीसंघ समन्वयगरी विदेशी लगानी ल्याउनेगरी सम्मेलन गर्ने जानकारी दिए।

नेपालका मुख्य ४ वटा क्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने बताए। २–३ मेगावाटबाट शुरु भएको हाइड्रो अहिले निजी क्षेत्रले २–३ सय मेगावाटको आयोजना बनाउन सक्ने भएको बताए। उनले हाइड्रोमा इकोसिस्टम बनिसकेको बताए। १. ७ विलियन डलरको अपर अरुण अगाडी बढाउन विश्व बैंक तत्परता देखाएको बताए। सूचना प्रविधिको क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको बताए। आइटी क्षेत्रलाई प्रवद्धर्न गर्न अन्तराष्ट्रिय कम्पनीले नेपालमा सेन्टर खोलोस भन्ने चाहेको बताए। तेस्रोमा नेपालको लगानी र आर्थिक विकासकोलागि पर्यटन क्षेत्र उत्कृष्ट भएको बताए।

पर्यटन क्षेत्रमा कम लगानीगरी ठुलो प्रतिफल लिन पाउने बताए। चाैथाेमा उत्पादन मुलक उद्याेग विकास आवश्यक भएकाे बताए। नेपालमा एसम्बल उद्योग स्थापना गरेकाले भ्यालु एड गर्नेगरी उद्योग सञ्चालन गर्न आग्रह गरेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.