काठमाडौं । काठमाडौंमा जारी आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा नेपालका आशिफ शेखले अर्धशतक पुरा गरेका छन्।
यूएईले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याउने क्रममा उनले अर्धशतक पुरा गरेका हुन्।
आशिफले ३९ बलमा पाँच चौका र एक छक्काको मद्धतले ५० रन बनाए। यसअघि गुलशन झा २२ रन बनाएर आउट भए। यस्तै, कुशल भुर्तेल ११ रन बनाएर आउट भए।
८ विकेट गुमाएर यूएईले १ सय ३४ रन बनाएको थियो। यूएईविरुद्ध कुशल मल्लले व्यक्तिगत तीन, सन्दीप लामिछानेले दुई, कप्तान रोहित पौडल र सोमपाल कामीले एक विकेट लिए। पहिलो सफलता सोमपाल कामीको बल करण केसीले क्याच गरे।
नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले समूह चरणमा सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।
यद्यपि, अन्तिम खेलमा भने ओमानसँग ५ रनले पराजित भएको थियो। यूएई भने समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। यूएईले बहराइन र कुवेतलाई समान ५ विकेट र हङकङलाई २२ रनले पराजित गरेको थियो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।