add

खस्किदैं एनआइसी एशिया,वितरण योग्य नाफा ऋणात्मक






ActPro Nepal

|

१७ कार्तिक, २०८०

|
502

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनआइसी एशिया बैंकको नाफा घटेको छ ।

बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

बैङ्कको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार  बैङ्कको मुनाफा ४२.४९ प्रतिशतले घटेर १ अर्ब १ करोड ३ लाख ८३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको मुनाफा १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार रुपैयाँ रहेको थियो । सो अवधिमा कम्पनीको ७४ करोड ६३ लाख रुपैयाँ गायब भएको छ ।

यस अवधिमा बैङ्कको खराब कर्जा बढेपछि खुद नाफा प्रभावित बनेको छ । गत वर्षको तुलनामा खुद ब्याज आम्दानीमा १७.५५ प्रतिशत घटेर २ अर्ब ७४ करोड ६६ लाख ३४ हजार रुपैयाँ छ । गत आवमा भने बैङ्कको उक्त आम्दानी ३ अर्ब ३३ करोड ११ लाख ७६ हजार रुपैयाँ रहेको थियो । 

यस अवधिमा कम्पनीको सञ्चालन नाफा ३८.९४ प्रतिशतले घटेर १ अर्ब ५४ करोड २९ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको वितरण योग्य नाफा ९८ करोड ८२ लाख रुपैयाँ ऋणात्मक, खराब कर्जा ०.५९ प्रतिशत बाट बढेर १.३७ प्रतिशत प्रतिशत, रिजर्भ कोष १३.४२ प्रतिशतले बढेर १६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । 

त्यस्तै, प्रतिसेयर आम्दानी ३३.०४ रुपैयाँले घटेर २६.५८ रुपैयाँ र प्रतिसेयर नेटवर्क २०२.०५ रुपैयाँ रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.