काठमाडौं । एभरेष्ट बैंकले ७८ करोड बढी खुद नाफा कमाएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
बैंकले चालु आवको तीन महिनामा ७८ करोड ७ लाख ५९ हजार रुपैयाँ खुद कमाएको छ । जुन, गत वर्षको सोही अवधिको तुलनामा भने ९.४५ प्रतिशतले कमी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले ८६ करोड २२ हजार ३७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि बढ्न सकेको छैन । यता, संचालन नाफामा घटेको छ । यता, इम्पेयरमेन्ट चार्ज बढेकाले पनि बैंको नाफा असर गरेका देखिन्छ । बैंकले इम्पेयरमेन्ट चार्ज बापत ४२ करोड ९५ लाख रुपैयाँ छुट्याएको छ ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी झिनो वृद्धि भई १ अर्ब ८९ करोड १५ लाख ३२ हजार रुपैयाँ कायम भएको छ । यस्तै, बैंकको संचालन नाफा पनि ९.४५ प्रतिशतले घटेर १ अर्ब ११ करोड ५४ लाख रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा भने ४ अर्ब ५२ करोड १० लाख रुपैयाँ रहेको छ ।
तीन महिनामा बैंकको निक्षेप ७.९६ प्रतिशतले बढेर २ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको कर्जा लगानी पनि ३.७६ प्रतिशतले वृद्धि भई १ खर्ब ६५ अर्ब ४८ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
हाल बैंकसँग शून्य दशलमलव ९० प्रतिशत मात्रै खराब कर्जा रहेको छ । यस्तै, बैंकको प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ ७४ पैसाले बढेर २९ रुपैयाँ १९ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २४२ रुपैयाँ ३४ पैसा रहेको छ ।
बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा पनि १० अर्ब ४६ करोड ८२ लाख रुपैयाँ राखेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।