add

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब १६ करोड खुद ब्याज आम्दानी






ActPro Nepal

|

१७ कार्तिक, २०८०

|
148

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ५२ करोड खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकले अन्य बाणिज्य बैंकभन्दा धेरै नाफा कमाएको हो । 

शुक्रबार प्रकाशित वित्तीय विवरण अनुसार गत वर्षको समीक्षा अवधिको भन्दा ३३.४७ प्रतिशत बढी हो । गत वर्ष १ अर्ब १४ करोड रुपैयाँ कमाउको थियो । समीक्षा अवधिसम्म बैंकले ४ अर्ब १६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै, सञ्चालन नाफा ५९.९० प्रतिशतले बढेर २ अर्ब ६० करोड ५४ लाख रुपैयाँ पुगेको छ । 

बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ र जगेडा कोषमा २५ अर्ब ८९ करोड ३८ लाख रुपैयाँ छ । बैंकको एनपीएल बढेर ४.८३ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८४ पैसा कायम भएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.