add

एनएमबि बैंकले कमायो ९६ करोड करोड नाफा,इपिएस कति ?






ActPro Nepal

|

१७ कार्तिक, २०८०

|
204

काठमाडौं । एनएमबि बैंकले तीन महिनामा ९६ करोड करोड बढी खुद नाफा कमाएको छ । शुक्रबार बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

पहिलो त्रैमासमा बैंकले ९६ करोड ३२ लाख ९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा भने ६.६३ प्रतिशतले बढी हो ।

बैंकका खुद ब्याज आम्दानी पनि ८.२९ प्रतिशतले बढेर २ अर्ब २२ करोड ४५ लाख २० हजार रुपैयाँ कायम भएको छ ।यस्तै, बैंकको संचलान नाफा पनि ६.५१ प्रतिशतले वृद्धि भई १ अर्ब करोड ६० लाख रुपैयाँ कायम भएको छ । यता, वितरणयोग्य नाफा पनि १ अर्ब ८ करोड ४५ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन भने गत वर्षको तुलनामा सामान्य (४.०९ प्रतिशतले) घटेर २ खर्ब १ अर्ब ७० करोड ६४ लाख रुपैयाँ कायम भएको छ । तर, कर्जा लगानी भने १.९१ प्रतिशतले वृद्धि भई १ खर्ब ९२ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ कायम भएको छ ।

बैंकको खराब कर्जा पनि ०.९४ प्रतिशतले वृद्धि भई २.८४ प्रतिशत कायम भएको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ २९ पैसाले वृद्धि भई २० रुपैयाँ ९८ पैसा कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ भने १५९ रुपैयाँ ६९ पैसा कायम भएको छ ।

बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा तथा कोषमा भने १० अर्ब ९६ करोड २२ लाख रुपैयाँ राखेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.