add

सिद्धार्थ बैंकको नाफा ९१.४० प्रतिशतले घट्यो, यस्तो छ बैंकको अन्य सूचक






ActPro Nepal

|

१७ कार्तिक, २०८०

|
153

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ बैंकको खुद नाफामा झण्डै सतप्रतिशतको गिरावट आएको छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यत वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ९१.४० प्रतिशतले  घटेर जम्मा चार करोड २८ लाख रुपियाँमा सीमित भएको हो । 

गत वर्षको यसैअवधिमा बैंकले ४९ करोड ८२ लाख रुपियाँ खुद नाफा कमाएको थियो । बैंकको इम्पेयरमेन्ट चार्ज धेरै बढेकाले खुद नाफा निकै घटेको हो । गत वर्ष ८९ करोड ३० लाख रुपियाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष एक अर्ब ४३ करोड रुपियाँ पुगेको विवरणबाट देखिन्छ । 

समीक्षा अवधिमा सिद्धार्थ बैंकको खुद ब्याज आम्दानी ७.४६ प्रतिशत तथा सञ्चालन नाफा ८८.९३ प्रतिशतले घटेको छ । चुक्ता पुँजी १४ अर्ब आठ करोड रुपियाँ र रिजर्भ कोषमा १० अर्ब ९९ करोड रुपियाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १५ रुपियाँ ६१ पैसाबाट घटेर एक रुपियाँ १९ पैसामा सिमित भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १६७ रुपियाँ ६६ पैसा छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.