add

प्राइम बैंकको खुद नाफा ३१.७३ प्रतिशतले वृद्धि, यस्ता छन् अरु वित्तीय सूचक






ActPro Nepal

|

१७ कार्तिक, २०८०

|
166

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम बैंकको खुद नाफा ३१.७३ प्रतिशतले वृद्धि भएको छ । 

बैंकले शुक्रबार सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार उसको खुद नाफा गत बर्षको सोही अवधिभन्दा ३१.७३ प्रतिशतले बढेर एक अर्ब १५ करोड १५ लाख २२ हजार रुपियाँ पुगेको छ । 

यस अवधिमा प्राइम बैंकको खुद ब्याज आम्दानी ६.०१ प्रतिशतले बढेर एक अर्ब ९९ करोड ८६ लाख ५५ हजार रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिसन आम्दानी ४०.८६ प्रतिशतले बढेर खुद नाफामा सुधार भएको हो ।

बैंकले फि तथा कमिसन आम्दानी बढेर ५२ करोड रुपि पुगेको छ भने प्राइम बैंकको खराब कर्जा भने १.८० प्रतिशतबाट बढेर ३.६७ प्रतिशत पुगेको छ । 

खुद नाफा बढेपछि यस बैंकको प्रतिशेयर आम्दानी पनि पाँच रुपियाँले बढेर २३.७४ रुपियाँ पुगेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.