add

नबिल बैंकले कमायो एक अर्ब ४८ करोड नाफा, प्रतिशेयर आम्दानी कति ?






ActPro Nepal

|

१७ कार्तिक, २०८०

|
250

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ४६ करोड ९३ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले शुक्रबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा खुद नाफा थोरै घटेको देखिएको हो । बैंकको यो खुद नाफा गत बर्षको सोही अवधिको तुलनामा ६.५१ प्रतिशत कम हो । नविल बैंकले गत बर्ष एक अर्ब ५७ करोड १५ लाख रुपियाँ खुद नाफा कमाएको थियो।

यद्यपी समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.५१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २०।२१ प्रतिशत बढेको छ। खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

यस्तै, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १३.७० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४.६८ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ११ करोड पुगेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १३ रुपैयाँ ३४ पैसा रहेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २६.७२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ २७ पैसा रहेको छ। बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३२ अर्ब रुपैयाँ सञ्चित छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.