add

माछापुच्छ्रे बैंकको खुद नाफा २० प्रतिशतभन्दा बढीले बढ्यो






ActPro Nepal

|

१७ कार्तिक, २०८०

|
246

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा माछापुच्छ्रे बैंकले ५४ करोड २२ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । 

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा खुद नाफा बढेको देखिएको हो । 

शुक्रबार बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।  जुन गत आवको सोही अवधिको तुलनामा भने २०.१८ प्रतिशतले बढी हो ।

खुद नाफामा बढेपनि बैंकका खुद ब्याज आम्दानी भने सामान्य घटेको छ । समिक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३.९५ प्रतिशतले घटेर १ अर्ब ४१ करोड २२ लाख ३१ हजार रुपैयाँ कायम भएको छ । यद्यपि, बैंकको इम्पेरमेन्ट चार्ज घटेकालनै खुद नाफा वृद्धिमा टेवा पुगेको हो । समिक्षा अवधिमा बैंकको यस्तो चार्ज २९ करोडबाट घटेर १ करोडमा झरेको छ ।

यस्तै, बैंकको संचलान नाफा पनि २१.६५ प्रतिशतले वृद्धि भई ७८ करोड ३५ लाख ११ हजार रुपैयाँ कायम भएको छ । यता, वितरणयोग्य नाफा भने २ करोड ८५ लाख ४० हजार रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन भने गत वर्षको तुलनामा सामान्य (३.४५ प्रतिशतले) घटेर १ खर्ब ४८ अर्ब ८५ करोड ८३ लाख रुपैयाँ कायम भएको छ । तर, कर्जा लगानी भने ३.४४ प्रतिशतले वृद्धि भई १ खर्ब ३० अर्ब ४७ करोड ५९ लाख रुपैयाँ कायम भएको छ ।

बैंकको खराब कर्जा पनि १.२६ प्रतिशतले वृद्धि भई २.५६ प्रतिशत कायम भएको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी भने ३ रुपैयाँ १३ पैसाले वृद्धि भई १८ रुपैयाँ ६६ पैसा कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ भने १४२ रुपैयाँ ७७ पैसा कायम भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.