add

नेपालले स्वास्थ्य प्रणाली सुधार गर्न विश्व बैंकबाट लियो झण्डै १० करोड डलर ऋण र अनुदान






ActPro Nepal

|

१६ कार्तिक, २०८०

|
343

काठमाडौं । नेपालले स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि विश्व बैंकबाट १० करोड अमेरिकी डलर रुपैयाँ सहायता लिएको छ ।

यसमध्ये १० करोड डलर (झण्डै १३ अर्ब ३० करोड रुपैयाँ) सहुलीयतपूर्ण ऋण र ३८ लाख ४० हजार (झण्डै ५१ करोड रुपैयाँ) अनुदान रहेको अर्थ मन्त्रालय र विश्व बैंकले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ऋण अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)मार्फत प्राप्त हुने छ ।

अनुदान स्वास्थ्य आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य कोष (एचईपीआरटीएफ)बाट प्राप्त हुने विश्व बैंकले जनाएको छ । दुवै सहायतामा बिहीबार विद्युतीय हस्ताक्षर भएको र यो नेपालमा विश्व बैंकद्वारा वित्तीय लगानी गरिएको यो पहिलो विद्युतीय हस्ताक्षरित आयोजना भएको समेत विश्व बैंकले जनाएको छ ।

सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थसचिव डा. कृष्णहरि पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जेर्भोसले हस्ताक्षर गरेका छन् ।

अर्थ मन्त्रालयका अनुसार यो कार्यक्रम संघीय तहको स्वास्थ्य बीमा बोर्ड, कोशी र गण्डकी प्रदेशका छनोट गरिएका प्रदेश र स्थानीय तहको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यानवयन गर्नेछ ।

यस कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य प्रणालीको तत्परतामा सुधार, स्वास्थ्य बीमाको पहुँच अभिवृद्धि र छनोट गरिएका प्रदेश तथा स्थानीय तहमा स्वास्थ्य आपतकालीन पूर्वतयारी एवम् प्रतिकार्य क्षमता सुदृढीकरणमा जोड दिने भएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.