add

मेटलाइफले ल्यायो माई चाईल्ड्स एडूकेशन प्रोटेकशन प्लान






ActPro Nepal

|

१६ कार्तिक, २०८०

|
182

काठमाडौं । मेटलाइफले यो हप्ता आफ्नो नयाँ बीमा योजना माई चाईल्डस एडूकेशन प्रोटेकशन प्लान प्रचलनमा ल्याएको छ । अभिभावकहरूलाई आफ्ना साना बालबालिकाहरूको भविष्य र सपनाहरू सुरक्षित गर्न मद्दत गर्दै कम्पनीले यो बीमा योजना ल्याएको हो। 

यो बीमा योजना ३१ दिन देखि १५ वर्ष उमेरका बालबालिकाहरुको लागि संरक्षण प्रदान गर्न तयार गरिएको हो । यस योजनाको उद्देश्य बालबालिकाहरुले जीवनमा जस्तोसुकै चुनौतीहरू सामना गर्नु परे पनि उनीहरूको शैक्षिक आकांक्षाहरूको निरन्तरता सुनिश्चित गर्नु हो । यो बीमा योजना एक बृहत समाधान हो जसले बालबालिकाहरुलाई मात्र नभई अभिभावक (बीमालेख मालिक) लाई पनि बीमा कभरेज प्रदान गर्दछ । 

अभिभावक (बीमालेख मालिक)को दुर्भाग्यपूर्ण मृत्युको अवस्थामा, यस योजनाले बीमांक रकमको एक सय प्रतिशत बराबर एकमुष्ठ भुक्तानी प्रदान गर्दछ । साथै यसको अतिरिक्त, भविष्यमा भुक्तानी गर्नु पर्ने बीमा शुल्कको छूट तथा बीमा योजनाको बीमांक रकमको २ प्रतिशत बराबरको मासिक आय लाभ समेत प्रदान गर्दछ । यो बीमालाभले अभिभावकको अनुपस्थितिमा पनि बालबालिका प्रति शैक्षिक जिम्मेवारीहरूलाई साथ दिइरहने कुरा सुनिश्चित गर्दछ ।

अभिमावक (बीमालेख मालिक) लाई हुन सक्ने सम्भावित असक्तता, दुर्घटना र घातक रोगहरूविरुद्ध रक्षावरणका लाागि  विभिन्न पूरक करारहरु मध्येबाट छनौट गर्ने विकल्प पनि छ । न्यूनतम बीमांक रकम दुई लाख ५० हजार  अधिकतम पाँच लाख भएको यो योजनामा १० देखि २५ वर्षसम्मको लचिलो बीमा अवधिहरुमध्ये छनौट गर्न सकिन्छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.