add

चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँट,कसले कति पाए शेयर






ActPro Nepal

|

१६ कार्तिक, २०८०

|
435

काठमाडौँ । चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले बाँडफाँट गरेको हो ।

आइपीओममा माग भन्दा बढी आवेदन परेको हुँदा गोलाप्रथाबाट बाँटफाँट भएको हो । जसमा ८५ हजार ९३० जनाले १०/१० कित्ता सेयर हात पारेका छन् ।

कम्पनीको आईपीओमा ११ लाख ३१ हजार ९३६ आवेदकले १ करोड २१ लाख ३६ हजार ७६० कित्ताका शेयरका लागि आवेदन दिएका थिए । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यका ८ लाख ५९ हजार ३०० कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.