काठमाडौं । अमेरिकी डलरको मूल्यले हालसम्मकै महँगोको रेकर्ड बनाएको छ ।
पछिल्लो समय लगातार आकाशिँदै गएको डलरको मूल्यले बिहीवार अहिलेसम्मकै महँगोको रेकर्ड बनाएको हो ।
बिहीबारको लागि एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा तोकिएको छ।
यो मूल्य हाल सम्मकै उच्च हो। यसअघि गत असोज ३० गते डलरको भाउ १३३ रुपैयाँ ५५ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा यो मूल्य २ पैसा बढी हो।
अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बनेको छ, भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि कमजोर भएको छ । भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले भारु कमजोर हुँदानेपाली रुपैयाँ समेत कमजोर भएको हो । अमेरिकी डलर बढ्दै जाँदा यसले. विश्व बजारको व्यापार र आन्तरिक कारोबारलाई समेत असर पार्ने गर्दछ । यसले आयात गर्ने सामग्रीका लागि थप महँगो पार्छ ।
कुन देशको मुद्रा साट्दा कति पाइन्छ ?
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।