काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारको लागि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको छ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले १९ कात्तिकदेखि २४ कात्तिकसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको हो ।
एक जनाले बढीमा सुनका असर्फी १ सेट (१० ग्राम, ५ ग्राम, २.५ ग्राम) र चाँदीका सिक्का (मेडालियन) १ सेट (गाईअङ्कित २५ ग्राम, गाईअङ्कित १० ग्राम, लक्ष्मीअङ्कित १० ग्राम, गणेशअङ्कित १० ग्राम, गजलक्ष्मीअङ्कित १० ग्राम बिक्रीको प्रबन्ध मिलाइएको छ ।
उक्त असर्फी र सिक्का खरिद गर्दा नगद वा क्यूआर मार्फत भुक्तानी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । असर्फी र चाँदीका सिक्का बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बिक्री खुल्ला गरिने छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।