add

कर प्रणाली सुधारका लागि उच्चस्तरीय समितिले माग्यो राय-सुझाव






ActPro Nepal

|

१६ कार्तिक, २०८०

|
285

काठमाडौं । सरकारले कर प्रणाली सुधारका लागि सुझाव माग गरेको छ । उच्चस्तरीय कर प्रणाली सुधार समितिले एक सूचना जारी गर्दै विद्यमान कर प्रणालीमा समासामयिक सुधारका लागि सुझाव माग गरेको हो ।

मन्त्रिपरिषद्को असोज ५ गतेको बैठकले नेपालको कर प्रणालीमा समासामयिक सुधारका लागि पूर्वमन्त्री तथा पूर्व अर्थ सचिव विद्याधर मल्लिकको अध्यक्षमा ४ सदस्यीय उच्चस्तरीय कर प्रणाली सुधार समिति गठन गरेको थियो । सो समितिले चैत १५ गतेभित्र सरकारलाई सुझाव पेश गर्नेुपर्ने भएकाले सो अगावै सबैपक्षलाई सुझाव दिन आह्वान गरेको हो ।

समितिले विद्यमान आयकर, मूल्य अभिवृद्धि, भन्सार महशुल, अन्तस्शुल्क, शिक्षे सेवा शुल्क र गैरकरमा रहेका विद्यमान कमजोरी सुधारका लागि सुझाव माग गरेको हो ।

कर प्रणाली सुधारका लागि पुस १५ गतेभित्र समितिको सचिवालय आन्तरिक राजस्व विभाव वा इमेलमार्फत सुझाव पेश गर्न आग्रह गरेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.