काठमाडौँ। चेक बाउन्स र बैंकको ऋण तिर्न नसक्दा कालो सूचीमा पर्नेको संख्या बढ्दै गएको छ । भुक्तानीका लागि काटिएका चेक समयमा नै नसाटिएर बाउन्स हुँदा कालो सूचीमा पर्नेको संख्या बढेको हो ।
पछिल्लो समय अर्थतन्त्रमा देखिएको शिथिलताका कारण कालोसूचीमा पर्नेको संख्या कालो सूचीमा पर्नेको संख्या बढ्दै गएको कर्जा सूचना केन्द्रको तथ्यांकले देखाउँछ ।
कर्जा सूचना केन्द्रका अनुसार कारण चालु आर्थिक वर्षको साढे ३ महिना (कात्तिक १३ गतेसम्म)मा मात्रै १३ हजार १२२ जना कालोसूचीमा परेका छन् । गत असारको तुलनामा कालोसूचीमा पर्नेको संख्या २४ प्रतिशतले बढेको हो ।
गत असार मसान्तसम्म कालोसूचीमा पर्ने कुल ऋणीको संख्या ५३ हजार ७४५ रहेकोमा चालु वर्षको कात्तिक मध्यसम्म आइपुग्दा २३.६७ प्रतिशतले बढेर ६६ हजार ६०१ पुगेको केन्द्रको तथ्यांक छ ।
कोभिड अगाडिका वर्षहरूमा कालोसूचीमा पर्नेको संख्या न्यून हुने गरेकोमा त्यसयता भने ह्वात्तै बढेको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्ष २०७९/८० मा मात्रै २९ हजार ८४३ जना कालोसूचीमा परेका थिए भने आव २०७८/७९ मा १३ हजार १२२ जना कालोसूचीमा परेका थिए । पछिल्लो २७ महिनामा मात्रै ५६ हजार बढी व्यक्ति तथा संस्था ऋण तिर्न नसकेर कालोसूचीमा परेका छन् ।
कोभिड अघिका वर्षहरू आव २०७४/७५ मा १ हजार ३३५, आव २०७५/७६ मा १ हजार ९७५ जना, आव २०७६/७७ मा ३ हजार १८१ जना, आव २०७७/७८ मा ४ हजार ६२९ जना कालोसूचीमा परेका थिए ।
कोभिड कालपछि आर्थिक शिथिलताको कारण व्यापार व्यवसाय लगायत गतिविधि सुस्त हुँदा उद्योगी, व्यवसायीले समयमै ऋण चुक्ता गर्न नसक्दा कालोसूचीमा पर्नेको संख्या बढेको हो । त्यस्तै, खातामा पैसा नभई जथाभावी चेक काटेर दिने र सो चेक नसाटिने क्रम ह्वात्तै बढ्दा कालोसूचीमा पर्नेको संख्या बढेको हो । अहिले चेक बाउन्स हुनेहरूलाई पनि कालोसूचीमा राख्ने व्यवस्था छ ।
धेरैजसो अनुत्पादक क्षेत्रमा गरेको लगानी डुब्ने गरेको नेपाल राष्ट्र बैंकको भनाइ छ । अनुत्पादक क्षेत्रमा लगानी गर्दा डुब्ने र कर्जा तिर्न नसके पछि कालोसूचमिा पर्ने राष्ट्र बैंकको दाबी छ । विशेष गरेर सेयर बजार तथा घरजग्गामा गरेको लगानी डुबेर कर्जा तिर्न नसकेपछि कालोसूचीमा पर्ने गरेको जानकारहरू बताउँछन् ।
कालोसूचीमा पर्नेको संख्या तीव्र रुपमा बढेसँगै बैंकिङ क्षेत्रमा समेत असर परेको छ । कर्जा असुली नहुँदा बैंकहरूको खराब कर्जा समेत बढेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।