add

नेपालको वैदेशिक व्यापारः ११३ देशसँग घाटा व्योहोर्दा २५ सँग मात्रै नाफा






ActPro Nepal

|

१५ कार्तिक, २०८०

|
333

काठमाडौँ ।  नेपालले चालु आर्थिक वर्षको पहिलो तीन महीनामा १ सय ३८ देशसँग व्यापार गरेको छ । 

यस अवधिमा नेपालले वैदेशीक व्यापार गरेका ११३ देशसँग घाटा व्योहोर्दा २५  देशसँगको व्यापार बाट मात्र नाफा आर्जन गरेको छ ।  गत आर्थिक वर्ष २०७९–८० को पहिलो तीन महीनासम्ममा नेपालले १२७ देशसँग वैदेशिक ब्यापार गर्दा २३ देशसँग नाफामा थियो भने १०४ देशसँग घाटा ब्याहोरेको थियो ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०–८१ को तीन महीनामा नेपालले ४ खर्ब ७ अर्ब ७५ करोड ९० लाख रुपैयाँको मालवस्तु आयात गर्दा ४० अर्ब ८७ करोड ४९ लाख रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गरेको छ ।

यसबाट नेपालले समग्रमा ३ अर्ब ६६ करोड ८८ लाख ४१ लाख रुपैयाँ व्यापार घाटा ब्यहोरेको छ । गत आव २०७९-८० को पहिलो त्रैमासमा नेपालले ४ खर्ब १ अर्ब रुपैयाँको मालवस्तु आयात गर्दा ४१ अर्ब ८२ करोड २ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो । गत आवको पहिलो तीन महीनामा नेपालको समग्र व्यापार घाटा ३ अर्ब ५९ करोड १७ लाख ९८ लाख रुपैयाँ थियो ।

गत आवको पहिलो तीन महीनाको तुलनामा चालु आवको सोही अवधिमा ब्यापार घाटा ७ अर्ब ७० करोड ४३ लाख रुपैयाँले बढेको हो । गत आवको तुलनामा आयात ६ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ र निर्यात ९४ करोड ५३ लाख २ हजार रुपैयाँले घटेको हो ।  भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोज मसान्तसम्मको तथ्याङ्क अनुसार पहिलो त्रैमासमा छिमेकी मुलुक भारतसँग सबैभन्दा धेरै २ खर्ब २४ अर्ब ३६ करोड रुपैयाँ ब्यापार घाटा ब्यहोर्दा शक्तिशाली मुलुक अमेरिकासँग भने सबैभन्दा धेरै १ अर्ब ५५ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

नेपालले साउनदेखि असोजसम्ममा ११३ देशसँग ब्यापार गर्दा ३ खर्ब ६८ अर्ब ८७ करोड १५ लाख २८ हजार रुपैयाँ घाटा ब्यहोरेको हो । समीक्षा अवधिमा नेपालले ती देशहरुबाट ४ खर्ब ४ अर्ब १ करोड १३ लाख ८७ हजार रुपैयाँ बराबरको मालवस्तु आयात गर्दा ३५ अर्ब १३ करोड ९८ लाख ५८ हजार रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गरेको हो । यसैगरी वैदेशिक ब्यापारमा चालु आवको पहिलो त्रैमासमा नेपालले २५ देशसँगबाट १ अर्ब ९८ करोड ७४ लाख ४५ हजार रुपैयाँ नाफा गरेको छ । तीन महीनाको अवधिमा ती देशहरुबाट नेपालले ३ अर्ब ७४ करोड ७५ लाख ८८ हजार रुपैयाँ बराबरको मालवस्तु आयात गरेको छ । समीक्षा अवधिमा नेपालबाट भने ती २५ देशहरुमा ५ अर्ब ७३ करोड ५० लाख ३३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको हो ।

गत आव २०७९–८० को पहिलो त्रैमासमा २३ देशहरुमा भएको ब्यापारबाट नेपालले ९३ करोड ५७ लाख ८९ हजार रुपैयाँ नाफा आर्जन गर्दा १०४ देशसँगको ब्यापारमा ३ खर्ब ६० अर्ब ११ करोड ५६ लाख ६१ हजार रुपैयाँ घाटा व्यहोरेको थियो । यस्तै गत आवको पहिलो त्रैमासमा घाटामा रहेको १०४ देशहरुसँग भएको ब्यापारमा ३ खर्ब ९६ अर्ब १४ करोड १३ लाख ९५ हजार रुपैयाँको मालवस्तु नेपाल आयात गर्दा ती देशहरुमा नेपालले ३६ अर्ब २ करोड ५७ लाख ३३ हजार रुपैयाँ बराबरको मात्र निर्यात गर्न सकेको थियो । त्यसैगरी नाफा भएका २३ देशबाट ४ अर्ब ८५ करोड ८६ लाख ७० हजार रुपैयाँ बराबरको मालवस्तु आयत गरेको नेपालले ५ अर्ब ७९ करोड ४४ लाख ५९ हजार रुपैयाँ बराबरको निर्यात गरेको थियो । भन्सार विभाको तथ्याङ्क अनुसार गत आवको पहिलो तीन महीनामा समग्रमा गत आवको तीन महीनामा नेपालले ४ खर्ब १ अर्ब रुपैयाँको मालवस्तु आयात गर्दा ४१ करोड ८२ लाख रुपैयाँको मात्र निर्यात गरेको थियो ।

२५ मुलुकसँगको व्यापार नाफामा

नेपालले सबैभन्दा धेरै नाफा अमेरिकासँग गरेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा अमेरिकासँग  १ अर्ब ५५ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अमेरिकामा नेपालले ४ अर्ब ९२ करोड ९१ लाख ७३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात गर्दा ३ अर्ब ३७ करोड ३५ लाख ८ हजार रुपैयाँको मात्र वस्तु आयात गरेको हो ।

नेपालले विशेषगरी केहि अमेरिकन, अफ्रिकन तथा युरोपेली मुलुकसँगको व्यापारमा नाफा गरेको छ । नेपालले चालु आर्थिक वर्षको पहिलो तीन महीनामाको अवधिमा अमेरिका, डेनमार्क, नेदरल्याण्ड, नर्वे, हङ्गेरी, ल्याटभिया, केन्या तथा आइसल्याण्ड लगायतका २५ मुलुकसँगको व्यापारमा नाफा गरेको छ । 

यी देशरुसँगको वैदेशिक ब्यापारमा नेपालले ५८ लाखदेखि २८ करोडसम्म नाफा आर्जन गरेको छ ।

भारतसँग उच्च व्यापार घाटा

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०–८१ को असोज मसान्तसम्ममा सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । नेपालमा हुने कुल वैदेशिक ब्यापारमा ६१.१५ प्रतिशत हिस्सा भारतको मात्र रहेको छ ।

नेपालले सबैभन्दा बढी वैदेशिक व्यापार गर्ने छिमेकी मुलुक भारतसँग मात्र समीक्षा अवधिमा २ खर्ब २४ अर्ब ३६ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । असोज मसान्तसम्ममा भारतबाट २ खर्ब ५० अर्ब ६१ करोड १० लाख रुपैयाँको सामान आयात हुँदा २६ अर्ब २४ करोड ९७ लाख रुपैयाँ बराबरको मालवस्तु मात्रै निर्यात भएको देखिन्छ ।

त्यस्तै, चीनबाट ७९ अर्ब ८२ करोड ५ लाख रुपैयाँको मालवस्तु आयात हुँदा ७३ करोड २३ लाख रुपैयाँको मात्र निर्यात भएको छ । जसकारण चीनसँगको व्यापारघाटा ७९ अर्ब ८ करोड ८१ लाख रुपैयाँ बराबर छ । पहिलो तीन महीनाको वैदेशिक ब्यापारमा चीनको हिस्सा २१.५६ प्रतिशत छ । नेपालले धेरै व्यापार घाटा व्यहोरेका अर्को देश संयुक्त अरब इमिरेट्स (यूएई)सँग ८ अर्ब करोड ५५ करोड ६७ लाख घाटा व्यवहोरेको छ । यस अवधिमा यूएईबाट ९ अर्ब ३१ करोड ४८ लाखको आयात गर्दा ७५ करोड ८१ लाख रुपैयाँ बराबरको मात्र निर्यात गरेको छ ।

समीक्षा अवधिमा युक्तेनसँग ४ अर्ब ७३ करोड, मलेसियासँग ४ अर्ब ५० करोड, इन्डोनेसियासँग ३ अर्ब ३३ करोड, अष्ट्रेलियासँग २ अर्ब ८७ करोड, अर्जेन्टिनासँग २ अर्ब ७८ करोड र थाइल्याण्डसँग २अर्ब ७३ करोड रुपैयाँ बराबरको ब्यापार घाटा ब्यहोरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.