काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ ।
कम्पनीको सोमबार अपरान्ह बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले १९ प्रतिशत (करसहित) ले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले प्रतिसेयर १९ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले नगद लाभांश पाउने छन् ।
गत वर्ष आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीले करसमेत १६.५१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । पछिल्ला दुई आर्थिक वर्ष कम्पनीले नगद लाभांशमा मात्र जोड दिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।