add

अफगानिस्तानले श्रीलंकालाई सात विकेटले हरायो






ActPro Nepal

|

१४ कार्तिक, २०८०

|
270

काठमाडौं । आईसीसी विश्वकपमा अफगानिस्तानसँग श्रीलंका सात विकेटले पराजित भएको छ।

भारतको महाराषट्र क्रिकेट स्टेडियमा भएको खेलमा श्रीलंकालाई सात विकेटले हराउँदै अफगानिस्तानले सेमीफाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ। टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २४१ रन बनाएको थियो। ओपनर पथुम निसान्काले सार्वधिक ४६ रन बनाए। अफगान बलर फाजिलहक फारुकिले चार विकेट लिए।

जितका लागि २४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४५ दशमलव २ ओभरमा तीन विकेट गुमाएर २४२ रन बनायो। 

त्यसमा कप्तान हसमतुल्लाह शाहिदीले ५८ र अजमतुल्लाह ओमरजाईले ७३ रन बनाए । दुवै ब्याटर नटआउट रहे र उनीहरूले १११ रनको साझेदारी गरे। यस्तै रहमत शाहले पनि ६२ रन बनाए।

जीत पछि अफगानिस्तानको ६ खेलबाट ६ अंक भएको छ र तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। १२ अंक सहित भारत पहिलो स्थानमा छ। 

प्रतियोगिता अन्तरगत आज पाकिस्तान र बंगलादेशबीच खेल हुनेछ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.