add

तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो






ActPro Nepal

|

१३ कार्तिक, २०८०

|
260

म्याग्दी । दसैँ सकियसँगै प्राकृतिक चिकित्सालयका रुपमा परिचित म्याग्दीको तातोपानी कुण्डमा उपचारका लागि आएको बिरामीको भीड लागेको छ ।

बेनी नगरपालिका-४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्नेको घुइँचो लागेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काका अनुसार दैनिक दुई सयको हाराहारीमा तातोपानी कुण्डमा डुबेर उपचार सेवा लिनका लागि नेपालको विभिन्न ठाउँबाट बिरामीहरु यहाँ आएका छन ।

वीरेनुनको गन्ध आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । यो सामान्य अवस्था हो, चिसो बढेसँगै बिरामीको पनि चाप बढ्छ ।

बिरामीको चाप बढेपछि दैनिक दुई/दुई घण्टाका दरले पुरुष र महिलालाई दुई/दुई वटा समूह बनाएर स्नान गर्ने व्यवस्था मिलाएको सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताए ।

‘अब तातोपानी कुण्डमा डुबेर उपचार सेवा लिन आउनेहरुको चाप बढ्छ, चिसो बढेसँगै बिरामीको अतिरिक्त पर्यटकको पनि यहाँ आउने गर्दछन्’, अध्यक्ष खड्काले भने, ‘सहजरूपमा स्नानको व्यवस्थाका लागि महिला र पुरुषलाई स्नान गर्ने फरक-फरक समय तालिका बनाएका हौँ ।’

स्नानका लागि आएका बिरामी र पाहुनाले तातोपानी बजारमा चहलपहल बढेको छ । म्याग्दी नदीको किनारमा जमिनभित्रबाट वीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा एकपटकमा तीन सय ५० देखि चार सयले स्नान गर्नसक्ने क्षमता छ ।

छोटो समयका लागि स्नान गर्नेलाई छुट्टै पोखरी बनाइएको छ । त्यहाँ स्नान गर्न एकपटकका लागि प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ । एक दिनमा दुई पटक दुई/दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर पाँचरदश मिनेटसम्म पछ्यौरा, कम्बल, प्लास्टिक, काम्लो आदि न्याना कपडा ओढेर शरीरबाट चिटचिट पसिना निस्कँदासम्म विश्राम गरिन्छ ।

सात दिन स्नानका लागि प्रतिव्यक्ति तीन सय ५० शुल्क तोकिएको छ । प्रवेश शुल्क र चन्दा सहयोगबापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्छ ।

बचत भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पूर्वाधार निर्माण, विद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको छ । विगत १३ वर्षदेखि सरस्वती माविका १६ जनामध्ये चार जना निजी शिक्षकको तलबका लागि तातोपानी कुण्डले मासिक एक लाखका दरले सहयोग गर्दै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.