add

२७ अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक






ActPro Nepal

|

१३ कार्तिक, २०८०

|
312

काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । आज (कात्तिक १३ गते)सम्म बोलकबोल पेश गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । भोलि (कात्तिक १४ गते) ट्रेजरी बिल जारी (वितरण) गरिनेछ ।

राष्ट्र बैंकका अनुसार ५ अर्ब रुपैयाँको २८ दिने, ८ अर्ब १० करोड रुपैयाँको ९१ दिने, १३ अर्ब रुपैयाँको १८२ दिने र १ अर्ब ५६ करोड रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल जारी गरिने भएको हो ।

राष्ट्र बैंकले यसअघि आन्तरिक ऋण संकलन गरेकोमध्ये परिपक्व अवधि पुगेका ट्रेजरी बिल पुनः बिक्री गर्न लागेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.