add

भ्रामक समाचारप्रति सानिमा बैंकको ध्यानाकर्षण






ActPro Nepal

|

१३ कार्तिक, २०८०

|
311

काठमाडौं। विगत केही समयदेखि केही अनलाइन संचार माध्यममा सानिमा बैंकका अध्यक्षको फोटोसमेत राखेर बैंकबाट प्रवाह भएको कर्जाका बारेमा भ्रामक, अनर्गल, गलत तथा तथ्यहीन समाचार प्रकाशित गरी सर्वसाधारणमा भ्रम फैलाएको भन्दै बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

त्यस्ता कुनै पनि समाचारहरूमा कुनै पनि सत्यता नभएको पनि बैंकले स्पष्ट पारेको छ। 'बैंकका शेयरधनी, ग्राहकवर्ग, नियामक निकाय तथा सर्वसाधारणमा सुसूचित गराउन चाहन्छौं। यस बैंकले सदैव नियामक निकायबाट जारी निर्देशनहरुको पालना गर्दै आएको साथै संस्थागत सुशासन कायम गरी पारदर्शिताका साथ बैंकिङ व्यवसाय गर्दै आएको छ' बैंकले विज्ञप्तिमा भनेको छ।

यस खालका तथ्यहीन एवं भ्रामक समाचार प्रचार प्रसार नगर्न पनि बैंकले सम्वद्ध पक्षलाई सूचित गरेको छ। साथै भ्रामक समाचारका गतिविधि नरोकिए बैंक कानुनी कारबाहीको प्रक्रियामा जानेसमेत विज्ञप्तिमा उल्लेख छ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.