add

संघीय संसद्का दुई समितिको बैठक बस्दै






ActPro Nepal

|

१३ कार्तिक, २०८०

|
148

काठमाडौं । संघीय संसद् अन्र्तगतका दुई समितिको बैठक आज बिहान बस्ने भएको छ। राष्ट्रिय सभा अन्तर्गत, विधायन व्यवस्थापन समिति र प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो।

पूर्वाधार विकास समितिको बैठकमा निर्माणाधिन संघीय संसद भवनको स्थलगत निरीक्षण प्रतिवेदन प्रस्तुत गर्नाका साथै उपसमिति गठन गर्ने लगायतका विविध विषयमा छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ।

यस्तै विधायन व्यवस्थापनको बैठकमा भने समितिले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल गर्ने कार्यसूची रहेको छ। दुवै बैठक सिंहदरबारस्थित समितिको आ-आफ्नै सभाकक्षमा बस्दैछ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.