add

इतिहासको सर्वोच्चतामा तरुणदल : सागर शाक्य






ActPro Nepal

|

१० कार्तिक, २०८०

|
1662

नेपाल तरुणदल स्थापना भएको ७० वर्ष नाघेको छ । नेपालको सबै भन्दा जेठो राजनीतिक  पार्टी नेपाली कांग्रेसकै  हाराहारीको इतिहास नेपाल तरुणदलको छ।तरुणदल किन र केका लागि स्थापना गरिएको हो ?  भन्ने सन्दर्भमा बिश्लेषकहरुले विभिन्न तर्कहरु  राख्ने गरेको पाइन्छ। 

२००७ सालको जनक्रान्ति सम्पन्न भएको   ३ वर्ष वित्दा नवित्दै २०१० साल कात्तिक १० गते नेपाली कांग्रेसद्धारा नेपाल तरुणदल स्थापना भएको हो ।  नेपाल तरुणदल स्थापना किन र के का लागि भएको हो ? भन्ने प्रश्नको उत्तर खोज्न  २००७ साल ताकाको पृष्ठभूमीलाई सिंहावलोकन गर्नै पर्ने हुन्छ ।  २००७ सालको क्रान्तिले नेपाललाई एउटा युगबाट अर्को युगमा प्रवेश गराएको  कुरामा दुई मत छैन ।  राजनीतिक रुपमा नेपाल एकीकरणदेखि २००७ सालसम्मको अवधीलाई एउटा  युग र  त्यस पछिको अवधीलाई अर्को युगका रुपमा लिइने गरिएको छ ।

अंग्रेज साम्राज्यले दक्षिण एशियाका देशहरु धमाधम निल्दै गर्दा  पृथ्वीनारायण शाहको नेतृत्वमा  भुरै टाकुरे  राज्यहरुलाई मिलाएर अहिलेको नेपाल जन्माइएको हो ।  तर २००७ सालसम्म पनि नेपाल भनेर  काठमाडौं उपत्यकालाई मात्रै चिन्निथ्याे ।  उपत्यका बाहिरका जनताले काठमाडौं बासीलाई मात्रै नेपाली भन्ने गर्थे ।  उपत्यका बाहिरका जनता  काठमाडौं प्रवेश गर्दा  प्रवेशाज्ञा लिनुपर्ने अवस्था थियो ।  देश नेपाल भए पनि  मेचीदेखि महाकाली तथा दशगजा देखि हिमाली भोटसम्मको सरहदका सबै जनताले आँफुलाई नेपालीको रुपमा पहिचान लिन सकिरहेका थिएनन् ।  २००७ सालको जनआन्दोलन पछि  आफ्नो भूगोल भित्रका सबै नागरिकहरुको  नेपाली जनताका रुपमा साझा पहिचान बन्यो । 

नेपालको भौगोलिक एकीकरणलाई जनस्तरको एकीकरणसम्म पु¥याएको नेपाली कांग्रेसले हो । नेपाली कांग्रेसमा झापाका राजवंशीदेखि  दार्चुलाका व्यासीसम्म र   कन्चनपुरका राना थारुदेखि ताप्लेजुङका शेर्पासम्मको आवद्धता रह्यो ।  मेचीदेखि महाकाली तथा दशगजा देखि हिमाली भोटसम्मको सरहदका सबै जनता एउटै झण्डा र एउटै टेवुलमा बसेर निर्माण गरेको नेपालको पहिलो संस्था नेपाली कांग्रेस हो । नेपाल एकीकरणको अधुरो काम नेपाली कांग्रेसले पूरा गरेको हो। 

२००७ सालको क्रान्ति सम्पन्न भए  सँगै नेपाल प्रजातान्त्रिक युगमा प्रवेश गरेको हो ।  तर यो प्रजातान्त्रि युग विश्वव्यापी थियो ।  किनकी यही कालखण्डमा विश्वबाट धेरै देशहरु उपनिवेश मुक्त भएका थिए । उपनिवेशबाट मुक्त भए पछि कुन खालको शासन व्यवस्था अंगिकार गर्ने ? भन्ने सन्दर्भमा विश्वव्यापी विवाद थियो ।  यो विवाद स्वभाविकै थियो ।  एकातिर बेलायतको जस्तै उदार  लोकतन्त्रको लहर चलेको थियो भने अर्कोतिर  सोभियत संघको जस्तै  कम्युनिष्ट शासनव्यवस्थाको लहर चलेको थियो ।  यी दुवै विचार  युवाहरु माझ अत्यान्त लोकप्रिय थिए । यी दुवै राजनीतिक लहरबाट नेपाल अछुतो थिएन ।  

२०१० सालमा तरुणदल स्थापना गरिनु र २०१२ सालमा वीरगन्जमा सम्पन्न नेपाली कांग्रेसको छैठौं महाधिबेशनद्धारा समाजवादी सिद्धान्त अवलम्वन गरिनु संयोग मात्रै थिएन । तरुणदलको स्थापना  नेपाली कांग्रेसलाई सामाजिक न्याय सहितको लोकतान्त्रिक समाजवादी सिद्धान्तमा लैजाने  गृहकार्यको महत्वपूर्ण खुड्किलो थियो । 

नेपाली कांग्रेस उदार लोकतन्त्रको हिमायिती थियो ।  यता कम्युनिष्ट पार्टी तर्फ पनि युवाहरुको आकर्षण बढ्दै थियो । किनकी त्यतिबेलाको सामाजिक तथा आर्थिक संरचना कम्युनिष्ट दर्शनमा युवाहरुको आकर्षण बढाउन मलजल  गर्ने खालको थियो ।   नेपालको परिप्रेक्षमा यो समस्या अझै टड्कारो थियो ।  किनकी  राजनीतिक रुपमा प्रजातन्त्रको स्थापना भए पनि आर्थिक तथा सामाजिक रुपमा समान्तबादले निकै बलियो सँग जरा गाडेको थियो । सामन्तवाद रहेसम्म लोकतन्त्रको प्रतिफल जनता समक्ष नपुग्ने र  लोकतन्त्रको प्रतिफल नपुग्दा जनतालाई कम्युनिष्टहरुले सजिलै भड्काउन सक्ने धरातलीय यथार्थता प्रति   वीपी कोइराला भलिभाँती परिचित थिए । वीपी कोइरालालाई यसै दूरदर्शी राजनेता भनिएको होइन । 


कोरा प्रजातन्त्रले मात्रै जनताका आकांक्षा संवोधन गर्न सक्दैन भन्ने कुरा बुझेका वीपी कोइरालाले  प्रजातान्त्रिक समाजवादको अवधारणा अघि सारे ।  प्रजातान्त्रिक समाजवादको अवधारणालाई जनता समक्ष पु¥याउन  अलग संयन्त्रको आवश्यकता महशुस गरियो । त्यसैको उपज थियो नेपाल तरुणदल ।  यो  जिम्मेवारीका लागि वीपी कोइरालाले नेपाली कांग्रेसको संयन्त्रको मात्रै भर किन परेनन् ? युवाहरुको छुट्टै संगठनको आवश्यकता किन देखे ?  भन्ने प्रश्नको उत्तरले नै वीपी कोइराला कतिसम्म दुरुद्रष्टा थिए भन्ने कुरा स्पष्ट पार्छ । पहिलो कुरा त पार्टीमा सिधै आवद्ध भएका हरु सत्ता स्वार्थमा बढी केन्द्रित हुनु स्वभाविक थियो । उनीहरुको मुख्य ध्यान पार्टी सत्ता र राज्य सत्तामा पुग्नु  थियो ।  उमेर बढ्दै जाँदा व्याक्तिगत स्वार्थ पनि बढ्दै जाने  मानिसको आम चरित्र हो ।  युवाहरुमा व्याक्तिगत स्वार्थ कम हुन्छ । जोश र जाँगर बढी हुन्छ । 

दोस्रो कुरा नेपालमा  आधुनिक शिक्षको आरम्भ भएको २००७ सालको क्रान्ति पछि हो । आधुनिक शिक्षा प्राप्त  गर्ने अवशर युवाहरुले पाउनु स्वभाविकै थियो ।  युवाहरुले शिक्षा सँगै प्राप्त गरेको आधुनिक चेतनालाई समाजको भित्री तप्कासम्म पु¥याउनका लागि  तरुणदलको  आवश्यकता महशुस गरिएको हो । कम्युनिष्टका आकर्षक नाराले युवाहरु प्रजातान्त्रिक सिद्धान्तबाट विचलित नहोउन भन्ने  अवधारण वीपी कोइरालाको थियो । २०१० सालमा तरुणदल स्थापना गरिनु र २०१२ सालमा वीरगन्जमा सम्पन्न नेपाली कांग्रेसको छैठौं महाधिबेशनद्धारा समाजवादी सिद्धान्त अवलम्वन गरिनु संयोग मात्रै थिएन । तरुणदलको स्थापना  नेपाली कांग्रेसलाई सामाजिक न्याय सहितको लोकतान्त्रिक समाजवादी सिद्धान्तमा लैजाने  गृहकार्यको महत्वपूर्ण खुड्किलो थियो । 

यसैगरी नेपाल तरुणदल स्थापनाको पृष्ठभूमी  विश्लेषण गर्दा छुटाउनै नहुने अर्को पाटो पनि छ । नेपाली कांग्रेसको उद्देस्य सत्ता परिवर्तन मात्रै थिएन । मुख्य उद्देस्य सामाजिक क्रान्ति थियो । पार्टी  स्थापना भएको छोटो समयमै नेपाली कांग्रेस राणा शासन विरुद्ध सशस्त्र क्रान्ति गर्न वाध्य भयो । यो वाध्यताको पनि आफ्नै कारण  र पृष्ठभूमी थियो ।  प्रजातन्त्रको आवश्यकता , सामाजिक क्रान्तीको महत्वका विषयमा  जनतालाई  सुुसुचित गराएर शान्तिपूर्ण जनआन्दोलनको बलमा  राजनीतिक परिवर्तन गर्ने नेपाली कांग्रेसको उद्देस्य थियो । तर  नेपाली कांग्रेसमा जोडिन पुगेको सि ग्रेडका राणाहरुको संगठन  र राजा त्रिभुवनले राणा  शासन फाल्न  अली हतार  गरे ।वीपी कोइरालाले पनि यो मौकालाई  सदुपयोग गर्न चाहे ।  त्यसैले नेपाली कांग्रेसले  राणा शासन फाल्न हतियारको बाटो रोज्यो ।

सामाजिक क्रान्तिको महत्व र आवश्यकताका विषयमा जनतालाई सुसुचित गराउन नसक्दासम्म  प्रजातन्त्र दिगो हुन्न भन्ने दृष्टिकोणका साथ नेपाल तरुणदलको स्थापना गरिएको हो । जनता सुसुचित नभएसम्म  प्रजातन्त्रको  जरा बलियो हुँदैन भन्ने कुरामा वीपी कोइराला स्पष्ट थिए । उदाहरणका लागि २०१६ सालमा  नेपाली कांग्रेस नेतृत्वको सरकारले जसको जोत, उसको पोत भन्ने  कार्यक्रम ल्याउँदा ‘ हाम्रो मालिकको जग्गा किन खोसिस् ?’ भन्दै मोहीहरु नै आन्दोलनमा उत्रिएको तीतो यथार्थता छ । जमिन्दारी तथा विर्ता उन्मुलन गर्दा गरिब किसानहरुलाई सामान्तीहरुले आन्दोलनमा उतारे । राजा–रजौटा उन्मुलन गर्ने कार्यक्रम विरुद्ध पनि यसरी नै भूँइमान्छेहरु लाई आन्दोलनमा उतार्न सामान्तवादीहरु सफल भए।

२०१७ साल पुस १ गते तत्कालिन राजा महेन्द्र शाहले नेपाल तरुणदलको महाधिबशेन उद्घाटन गर्दै गर्दा  जननिर्वाचित प्रधानमन्त्री  वीपी कोइरालालाई  सेना लगाएर पक्राउ गरेका थिए ।  महेन्द्र शाहले यही  दिन र यही मन्च प्रयोग गर्नु संयोग मात्रै थिएन । २०१७ सालको कु पछि शासकहरुले सबै भन्दा ठूला टार्गेट तरुणदल माथि नै  किन गरे ? भन्ने यथार्थतालाई पनि विर्शन मिल्दैन । तरुणदलको अस्तित्व मेट्ने प्रयासमा  पंचायतले  राज्यको ठूलो साधन र स्रोत प्रयोग ग¥यो । पुनर्वहाली समेत  हुन नसक्ने गरी  नेपाल तरुणदलको  सांगठानिक अस्तित्व मेटाइयो । यो अवधीमा युवाहरुले नेवि संघ मार्फत अघि बढाएको संघर्षलाई नजर अन्दाज गर्न मिल्दैन।

२०५४ साल कात्तिक ५,६,७ गते नेपालगञ्जमा भएको नेपाली कांग्रेसको महासमितिको बैठकको समापन गर्ने क्रममा  पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले नेपाल तरुणदलको पुनस्थापना भएको घोषणा गरे । यो घोषणा गर्दा  हलमा लगातार पाँच मिनेट जति ताली बजिरह्यो । त्यस पछि सभापति कोइरालाले  तरुणदलको अध्यक्षका रुपमा बालकृष्ण खाणाको नाम घोषणा गरे । खाणको नाम सुनेपछि पनि थप ५ मिनेट जति लागातार ताली बजिरह्यो । त्यतिबेला खाण कांग्रेसको इतर पक्षका सक्रीय नेता थिए । गणेशमान सिंहको जनजागरण अभियानमा  खाणले महत्वपूर्ण योगदान पु¥याएका थिए । जनजागरण अभियानको मुख्य उद्देस्य सामाजिक न्याय र समानुपातिक समावेशी राज्य व्यवस्था थियो ।

समानताको नारा दिएर माओवादीको ब्यानरमा भएको हिंसात्मक गतिविधिमा युवाहरु आकर्षिक हुने संभावना बढ्दै गएको परिपेक्ष्यामा  नेपाली कांग्रेसको महासमितिको बैठकले नेपाल तरुणदलको पुनस्र्थापना गरेको हो । नेपाल तरुणदल पुनस्र्थापनाको यो २७ वर्षको कालखण्डमा नेपालको राजनीतिमा धेरै उतार चढाव आएका छन् ।  तर यी सबै उतार चढाव २००७ सालको जनक्रान्तिको जगमै टेकेर भएका हुन् ।  तरुणदल स्थापना हुँदाताका २०१० सालमा  एक वर्षमा २ सय जनाले १२ (प्रमाणपत्रतह) कक्षा उत्र्रिण गर्थे । अहिले  एक वर्षमा ५ लाख युवाले १२ कक्षा उत्र्रिण गर्छन् । त्यतिबेला नेपालीको औषत आयु ३७ वर्ष थियो । अहिले ७४ वर्ष छ । त्यतिबेला रेडियो नेपाल काठमाडौं र आसपासमा मात्रै सुनिन्थ्यो। घरमा रेडियो राख्न सक्ने नगन्य थिए। गोरखापत्र साप्ताहिक थियो । अहिले  प्राय सबै नेपालीको हातहातमा मोवाइट टेलिफोन छ । विश्वमा भएका घटना एक सेकेन्डमा  नेपाली जनताले थाह पाउँछन् ।

 २०१७ सालको कु पछि शासकहरुले सबै भन्दा ठूला टार्गेट तरुणदल माथि नै  किन गरे ? भन्ने यथार्थतालाई पनि विर्शन मिल्दैन । तरुणदलको अस्तित्व मेट्ने प्रयासमा  पंचायतले  राज्यको ठूलो साधन र स्रोत प्रयोग ग¥यो । पुनर्वहाली समेत  हुन नसक्ने गरी  नेपाल तरुणदलको  सांगठानिक अस्तित्व मेटाइयो । 

आम जनता भन्दा कम सुसुचित व्याक्ति राजनीतिक संगठन वा नेतृत्व तहमा रहनु भनेको पार्टी तथा संगठन थप क्षयीकरण हुँदै जानु हो । आँफू किन र के का लागि तरुणदलको संगठनमा आवद्ध छु ? भन्ने कुरा थाह पाउनु पहिलो अवश्यकता हो । किनकी कारण विना परिणाम हुँदैन। नेपाल तरुणदल भनेको परिणम हो । नेपाल तरुणदलको स्थापना किन भयो ? भन्ने कुरा कारण हो। आज विश्व २१ औं शताव्दीमा छ । तर नेपाली समाज २१औं शताव्दीमा पुग्न बाँकी छ ।   पूर्णलोकतन्त्र के का लागि ? समाजिक न्याय , समानुपातिक समावेशिता के का लागि?भन्ने  यथार्थ कुरा समाजको कतिपय तप्कासम्म पुुग्न अझै बाँकी छ । जसरी २००७ सालको जनक्रान्तिले  दशजगादेखि हिमाली भोटसम्म र मेचीदेखि महाकालीसम्मका जनतालाई नेपालीका रुपमा साझा पहिचान दिलाएको थियो त्यसलाई अझै बलियो र संस्थागत बनाउने यात्रा बाँकी छ। यो यात्राका लागि धेरै अवरोधहरु अझै बाँकी छन् । केही थप अवरोधहरु आएका छन्। यी अवधरोध चिर्न सक्ने भनेको नेपाल तरुणदलले मात्रै हो।तर यथास्थितिको तरुणदलले यो अवरोध चिर्न सक्दैन ।  किनकी  पछिल्ला दुई दशकको अवधीलाई हेर्ने हो भने तरुणदलमा आवद्ध व्याक्तिहरुका गतिविधिहरु मीठा भन्दा तीता धेरै छन् ।  

शाक्य नेपाल तरुणदलका केन्द्रिय सदस्य हुन्  ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.