add

तीन महिनामा २० अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता, असोजमा ४० वटा नयाँ उद्योगका लागि २ अर्ब






ActPro Nepal

|

२ कार्तिक, २०८०

|
420

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा २० अर्ब बढी वैदेशिक लगानी प्रतिबद्धता भएको छ । उद्योग विभागबाट प्राप्त तथ्याङ्कले यस्तो देखाएको हो । 

चालु आवको साउन, भदौ र असोजमा २० अर्ब २७ करोड ५२ लाख १७ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको हो । असोज मसान्तसम्ममा सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट(टीटीए) क्षेत्रसहित नयाँ उद्योगमा गरी लगानी प्रतिबद्धता जनाएका छन् । त्यसमध्ये १५१ वटा नयाँसहित १८१ वटा उद्योगमा वैदेशिक लगानी प्रबुद्धता भएका हो । 

विभागका अनुसार असोजमा मात्रै १ अर्ब ९८ करोड ७३ हजार नयाँ र ४६ करोड ८८ लाख रुपैयाँ गरि कुल २ अर्ब ४४ करोड ८८ लाख ७३ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भएको छ । यसमा ४० वटा नयाँ उद्योग र ७ वटा पुराना उद्योगका लागि सो बराबरको लगानी प्रतिबद्धता भएको हो । 

भदौमा ५ अर्ब ८८ करोड ८५ लाख १४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको विभागले जनाएको छ । यता, गत साउनमा कुल ११ अर्ब ९६ करोड ७८ लाख ३० हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको थियो । असोजसम्म दर्ता भएको उद्योगबाट ७ हजार ६७२ जनाले रोजगारी पाउनेछन् ।   

हालसम्म भने कुल ४ खर्ब ६६ अर्ब ५७ करोड ३२ लाख २४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको छ । ६ हजार १० वटा उद्योगका लागि सो बराबरको लगानी प्रतिबद्धता भएको हो । ती उद्योगहरुबाट ३ लाख १६ हजार ७६९ जनाले रोजगारी पाएका छन् । 

असोजमा आएको नयाँ लगानी प्रतिबद्धता आएको मध्ये ठुलो उद्योगमा १ वटा मात्रै छ । तर, ३९ वटा सना उद्योगहरूमा आएको हो ।  वैदेशिक लगानी प्रतिविद्धतामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा देखिएको छ । विदेशी लगानीकर्ताहरू पर्यटन क्षेत्रमा आकर्षित देखिएका हुन् । नेपाल आउने लगानी प्रतिबद्धता ४५ प्रतिशत पर्यटन क्षेत्रमा रहेको छ । यस क्षेत्रमा १८ वटा उद्योग पर्यटन क्षेत्रको दर्ता भएको छ ।

दोस्रो स्थानमा भने सेवा क्षेत्र रहेको छ । सो क्षेत्रमा ३३ प्रतिशत लगानी प्रतिबद्धता भएको छ । यस क्षेत्रमा १३ वटा उद्योग दर्ता भएका छन् । यस्तै, सूचना प्रविधिमा ८ प्रतिशत (३ वटा उद्योग),  उत्पादन क्षेत्रमा ७ प्रतिशत ( ३ वटा) पूर्वाधार क्षेत्रमा ५ प्रतिशत (२ वटा) र खनिज जन्य क्षेत्रमा २ प्रतिशत (१ वटा) वैदेशिक लगानी प्रतिबद्धता आएको हो । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.