add

नेप्सेमा दोहोरो अंकको गिरावट






ActPro Nepal

|

२९ असोज, २०८०

|
266

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अंकले ओरालो लागेर एक हजार आठ सय ५१ मा सीमित भएको हो ।

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ३८ अंकले ओरालो लागेर तीन सय ५५ दशमलब ७४ मा सीमित भएको छ ।

यसदिन कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा गिरावट भएको छ । विभिन्न कम्पनीका ४८ लाख ३७ हजार आठ सय ९३ कित्ता शेयर एक अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो बैंकको छ करोड २४ लाख ७६ हजार आठ सय ९३ बराबरको कारोबार भयो ।

हाथवे इन्भेस्टमेन्ट नेपालको पाँच करोड २७ लाख दुई हजार सात सय ५९, सिटिजन लाइफ इन्स्योरेन्सको तीन करोड ६७ लाख २३ हजार दुई सय ६८, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको तीन करोड ५८ लाख २९ हजार पाँच सय ८४ र एनआइसी एशिया बैंकको तीन करोड ४३ लाख ३५ हजार छ सय ४१ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन ।

नेप्सेका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्स सात दशमलव ८७, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो सात दशमलव ३१, सुपर मादी हाइड्रोपावर चार दशमलव शुन्य चार, कालीञ्चोक दर्शन लिमिटेड तीन दशमलव ९७ र सनराइज फोकस्ड इक्विटी फण्डका लगानीकर्ताले तीन दशमलव ८५ प्रतिशतले कमाएका छन ।

यस्तै, सयपत्री हाइड्रोपावर र हाथवे इन्भेस्टको शेयर मूल्यमा १० प्रतिशतले गिरावट हुँदा नकारात्म्क सर्किट लागेको छ । नबिल ब्यालेन्स फण्ड दोस्रो नौ दशमलव ३१, मिड सोलु हाइड्रोपावर नौ दशमव शून्य छ र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले आठ दशमलव ७७ प्रतिशतले गुमाएका छन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.