काठमाडौं । एसीसी यू-१९ प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ। आज सम्पन्न खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो।
बहराइनले दिएको ७८ रनको लक्ष्य पछाएको नेपालले १२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो। पहिलो ओभरमा २ विकेट गुमाएको नेपालले १० रन बनाउदै तेस्रो विकेट पनि गुमाएपछि कप्तान देव खनाल र अर्जुन कुमालले नेपालको ब्याटिंग सम्हाल्दै जित दिलाएका थिए। देव खनालले अविजित ३० रन बनाए भने अर्जुन कुमालले अविजित ३२ रन बनाएका थिए।
टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७ दशमवल ५ ओभरमा ७७ रन बनाएर अल आउट भएको थियो। बहराइनलाई अलआउट गर्न नेपाली बलर दिपेश कडेलले ६ विकेट लिएका थिए । दिपेशले ९ दशमवल ५ ओभरमा ८ ओभर मेडनसहित ४ रन दिएर ६ विकेट लिएका थिए। त्यसैगरी दुर्गेश गुप्ताले ८ ओभरमा एक मेडनसहित २२ रन दिएर ४ विकेट लिएका थिए।
नेपालले अब अर्को खेल कार्तिक २ गते साउदी अरेबिया खेल्ने छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।