add

गरिमा विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी २० प्रतिशत नगद फिर्ता






ActPro Nepal

|

२८ असोज, २०८०

|
380

काठमाडौँ । आउँदै गरेको नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले नगद फिर्ता योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि कुनै पनि सामान खरिद गरी बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्नुहुँदा २० प्रतिशत वा अधिकतम २०० रुपैयाँ नगद फिर्ता योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विकास बैंकको एउटा कार्डबाट अधिकतम २०० रुपैयाँसम्म नगद फिर्ता पाउन सक्नुहुनेछ । नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि २८ असो देखि ७ कार्तिकसम्म रहेको छ ।

साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको दशैें किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.