add

ग्लोबल आइएमई बैंकको दशैं अफरः डिजीटल कारोबारमा छुट र क्यासब्याकको बहार






ActPro Nepal

|

२८ असोज, २०८०

|
309

काठमाडौं । ग्लोबल आइएमई बैंकले वडा दशैंको अवसरमा “ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाईलो” भन्ने नारासहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ ।

बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले आफुलाई आवश्यक सरसामानहरु खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पस मेसिनबाट भुक्तानी गर्दा रु. ३०० देखि रु. ५०० सम्मको नगद फिर्ता हुनेछ । यस नगद फिर्ता योजनामार्फत बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकहरुले योजना अवधिभर कम्तीमा रु. १००० को ३ वटा कारोबार गरेमा रु. ३०० तथा ५ वा सोभन्दा बढि पटक कार्डको प्रयोग गरी भुक्तानी गर्नुभएमा रु. ५०० को नगद फिर्ताबाट लाभान्वित हुने बताइएको छ ।

यो योजना असोज २८ गते अर्थात घटस्थापनाको दिन देखि कात्तिक ७ गते अर्थात वडा दशैं ९दशमी० को दिनसम्म लागू हुनेछ । साथै, बैंकले आफ्नो मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले आफूलाई आवश्यक सरसमानहरु खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत भुक्तानी गर्दा ‘म्ब्क्ज्ब्क्ष्ल्’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १० प्रतिशत वा अधिकतम रु. ३०० सम्मको नगद छुट पाउने बैंकले जनाएको छ ।

यो योजना असोज २८ गते अर्थात घटस्थापनाको दिनदेखि कात्तिक ७ गते अर्थात बडा दशैं (दशमी) को दिनसम्म साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुनेछ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखारहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.