add

१० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक






ActPro Nepal

|

२५ असोज, २०८०

|
300

काठमाडौं ।   विकास ऋणपत्र मार्फत नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । आँठ वर्षे अवधिका लागि राष्ट्र बैंकले सार्वजनिक बोलकबोल मार्फत १० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८८ ‘घ’ जारी गर्न लागेको हो । 

विकास ऋणपत्र असोज २५ गते शुक्रबार अपरान्ह ३ बजेसम्म बोलकबोल र असोज २६ गते निष्काशन हुनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन ।

यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरीद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइनेछ । विसं २०८८ असोज २६ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिकरूपमा भुक्तानी हुनेछ । आर्जित ब्याजमा भने ब्याज कर लाग्नेछ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई विक्री गरिनेछ । कम्तिमा ५० हजार र अधिकतम कुल निष्कासित रकमको सीमा नबढाइ ५० हजारले भाग लिँदा निशेष भाग जाने अङ्कमा ऋणपत्र खरीद गर्न पाइनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.