add

इजरायलमा भएको घटनाप्रति पूर्वमन्त्री आलेद्वारा दुःख व्यक्त






ActPro Nepal

|

२२ असोज, २०८०

|
239

काठमाडौं । पूर्वमन्त्री एवं डोटीबाट प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेले इजरायलमा भएको हिंसात्मक हमलामा परेर सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले आज एक विज्ञप्ति प्रकाशन गरी सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विषय अध्ययन गर्न गएका विद्यार्थी आतंककारीको हिंसात्मक आक्रमणमा परी दुःखद् मृत्यु भएको समाचारले आफू स्तब्ध भएको भन्दै निधन भएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली र उनीहरुका परिवारमा समवेदना व्यक्त गरेका छन् ।

सो घटनामा डोटीका राजन फुलारा र पदम थापासहित अधिकांश सुदूरपश्चिमका गरी १० जनाको निधन भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । साथै एकजना सम्पर्कविहीन हुनुका साथै अरु चार जना घाइते भई उपचाररात रहेका छन् ।

सांसद आलेले मृतकका परिवारलाई आवश्यक क्षतिपूर्तिका साथै इजरायलमा सम्पर्कविहीन रहेकाको खोजी गर्न, त्यहाँ रहेका थप विद्यार्थी एवं सबै नेपालीको आवश्यक सुरक्षाको प्रबन्ध गर्न र नेपाल फर्किन चाहनेलाई सुरक्षितरुपमा स्वदेश फर्काउने व्यवस्था गर्न नेपाल सरकारसमक्ष आग्रह गरेका छन् ।

दक्षिणी इजरायलको किबुज भन्ने स्थानमा गत शनिबार त्यहाँको आतंकवादी समूह हमासले गरेको आक्रमणमा परी नेपाली विद्यार्थीसहित सयौँ इजरायलीको ज्यान गएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.