add

कांग्रेस एकढिक्का भएर आगामी निर्वाचन एक्लै लड्नुपर्छ : शेखर कोइराला






ActPro Nepal

|

२० असोज, २०८०

|
165

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस एकढिक्का भएर आगामी निर्वाचनमा एक्लै लड्नुपर्ने बताएका छन ।

नेपाली कांग्रेस गोरखा सहिदलखन-काठमाडौं सम्पर्क समितिले विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसर पारेर आज आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले कांग्रेस एकढिक्का भएर अगाडि बढ्न आवश्यक रहेको बताएका हुन ।

‘हामीले जनताका लागि सकारात्मक काम गर्दै गाउँमा आफ्ना साथीलाई पनि सम्झाउन सक्यौँ भने कसैले कांग्रेसलाई हराउन सक्दैन, हामी एकढिक्का हुन जरुरी छ’, नेता कोइरालाले भने ।

कोइरालाले अहिले देश अप्ठ्यारो स्थितिबाट अघि बढिरहेको भन्दै सरकारले समय, परिस्थिति अनुसार जनताका पक्षमा काम गर्न आवश्यक रहेको बताए । वर्तमान परिस्थितिलाई कांग्रेसबाहेक अरुले सम्हाल्न नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले कांग्रेसलाई अगाडि बढाउनका लागि सबै एक भएर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गरे ।

कार्यक्रममा गोरखा क्षेत्र नं-१ का सांसद राजेन्द्र बजगाईं, कांग्रेस गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठ, पूर्वसांसद प्रकाशचन्द्र दवाडीलगायतले गोरखामा कांग्रेसलाई बलियो बनाएर लैजानुपर्ने बताएका थिए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.