add

काम गर्ने जाँगर र लगानी गर्ने रकम भए विदेश जानु पर्दैन : अध्यक्ष ढकाल






ActPro Nepal

|

२० असोज, २०८०

|
430

लुम्बिनी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीको वातावरणका बनाउन लागि उद्योगी, व्यवसायी र आम नागरिकको आत्मविश्वास बढाउनुपर्ने बताएका छन् ।

बुटवलमा आज आयोजित बुटवल उद्योग वाणिज्य सङ्घको ७०औँ वार्षिक साधारणसभामा अध्यक्ष ढकालले युवा जमात विदेश पलायन भए पनि उद्यमीहरुका लागि नेपालका हरेक क्षेत्रमा संभावना रहेका बताए । “काम गर्ने जाँगर र लगानी गर्ने रकम भए विदेश गइरहनु पर्दैन”, उनले भने ।

अध्यक्ष ढकालले उद्योगीहरुले भोग्नु परेका समस्या समाधानबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको बताए । उनले पर्यटक आगमन बढ्दै गएको, बैंकहरु लगानी गर्न इच्छुक भएकाले अर्थतन्त्रमा क्रमशः सुधार भइरहेको बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले निजी क्षेत्र र तीन वटै तहका सरकारबीच संवाद र छलफलबाट अर्थतन्त्रका समस्या समाधान गर्न सकिने भन्दै आशावादी हुन आह्वान गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घकी एशोसिएट उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले युवा शक्ति विदेश पलायन हुँदा देशमा श्रमिक अभाव बढेको बताए ।

महासङ्घका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले बैङ्कको ऋण तिर्न उद्योगी–व्यवसायीलाई कठिनाइ भएको बताउँदै सहुलियतका लागि आग्रह गरे।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.