add

गभर्नर अधिकारीको हस्ताक्षर भएको २० रुपैयाँको नयाँ नोट बजारमा






ActPro Nepal

|

१९ असोज, २०८०

|
254

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि २० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । साविककै आकार तथा रंगमा बैंकले संकेत नम्बर ठ ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट प्रचलनमा ल्याएको हो ।

गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको यो २० रुपैयाँको पहिलो नोट हो । यो नोटको अगाडिकाे भागको बायाँतर्फ सगरमाथाको चित्र छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप छ । नोटको मध्ये भागमा दुईवटा बाह्रसिंगाको चित्र छ ।

त्यस्तै, नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘वि.सं. २०७९’ लेखिएको छ भने पछाडिको भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘Nepal Rastra Bank’ लेखिएको छ ।

नोटको तल्लो भागमा अंग्रेजीमा ‘Rupees Twenty’ र तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा ‘2023 A.D.’ लेखिएको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.